NIC ASIA Bank Long Ad

पहिले र अहिलेको परिवेश

सरल भाषामा भन्नु पर्दा आजकल समाज निकैनै जटिल मोडमा पुगेको छ । सामाजिक मुल्य, मान्यता , परिवेश , भाषा र संस्कृति यसरी बिऋङ्खलित भाको छ कि मानौ यहाँ कसैलाई कसै देखि डर छैन् । पुरानो पुस्ता अपमान र संरक्षण नपाएर यहि पृथ्विमा नर्कको जिवन बाँच्न विवश छ भने नयाँ पुस्ता पनि अर्काको संस्कृतिको खोल ओढेर आफनो भएको चाल बिर्सिएर यसरी भुमरीमा परेको छ कि त्यहाँबाट निस्कन ठुलै जप तथा यज्ञको आयोजना गर्नु पर्ने आवश्यकता भइसकेको छ । त्यति मात्र कहाँ हो र नयाँ पुस्ता त यति महत्वकांक्षी भएको छ कि भनेको हुनै पर्ने नभए यो लामो जिवनलिला कुन बेलामा सिध्याँउछन् त्यसको निश्चिन्तता छैन् । यसले सम्मानयोग्य पुस्ता र विचार जोशको सबल पुस्ता बिचको सम्बन्धमा दरार उत्पन्न गरेको छ ।

माथि उल्लेख गरिएका नकारात्मक सामाजिक पाटोको बिषयमा सिधै प्रवेश गर्ने मन त थिएन तर बाध्य भएर प्रवेश गर्ने चेष्टा गरे । अब यि माथि उल्लेखित सामाजिक यथार्थमा समाज कसरी प्रवेश ग¥यो त त्यो बिषयमा एकछिन छलफल गरौँ ।

नेपाली समाजिक परिवेश निकै सरल थियो । नेपालीहरु एकदमै सरल र हाँसीखुशी जिवन बाँचिरहेका थिए । यसको मतलब सबै नेपाली सम्पन्न र हरेक आवश्यकता पुर्ति गर्न सक्षम थिए भन्ने होइन । पक्कै पनि दुः ख थियो , जिवनमा ठुलै संघर्ष थियो तर कसैमा आडम्बर थिएन, कसैमा त्यति धेरै रिस, डाहा , घमण्ड थिएन । सबै मिलेर बसेका थिए । काम मिलेर गर्थे । सुः ख मिलेर साट्थे अनि दुःख पनि । समाजमा जे हुन्थयो त्यो साझा हुन्थ्यो ।

समाजका प्रत्येक तप्का तप्का चलायमान थियो । साना चाडपर्व देखि ठुला चाडपर्वहरु धुमधामका साथ मनाइन्थ्यो । घर सानो खरले छाएको झुप्रो थियो तर परिवारका सदस्यहरुको मन ठुलो थियो । एकअर्काप्रति उच्च सम्मान थियो । एकछाक खान पनि धौ–धौ थियो । खाधान्न पर्याप्त उत्पादन हुदैन थियो तर भएको सबैले बाँडेर खादा त्यसले दिने आनन्द कति स्वर्गिय थियो ।

आज समाज विकसित भएको छ तर परिवेश विकसित भएको छैन् । झुप्रोको ठाँउमा सुविधासम्पन्न पक्का घर बनेका छन् तर मन फाँटिएको छ । सबैजना मिलेर बनेको सुन्दर संयुक्त परिवार धुँजाधुजा भएर फाटिएको छ । अब हजुरबुबा र हजुरआमासँग नयाँ पुस्ता सँगसँगै लडिबुढि खेल्न पाउदैन् । उसले त्यो बुढो हजुरबुबा र हजुरआमाको ममतामयि स्पर्श कहिल्यै पाउदैनन् । त्यो भावनात्क सम्बन्ध र आत्मियपन जसले हजुरबुबाको पुस्ता र नयाँ पुस्तालाई जोडेर राख्थ्यो त्यो डोरी चुडिएको छ । अब कसरि अरुभन्दा धनि हुने ?

अरुभन्दा कसरि धेरै ठुलो प्रगति गर्ने रुअरु भन्दा कसरि महँगो गाडि चढ्ने रु अरु भन्दा कसरि महगो फेसन डिजाइनको लुगा लगाउने रु अरुको भन्दा कसरि दुईतला बढि थप्ने घरमा रु अरुलाई कसरि आफुभन्दा अघि बढ्न नदिने रु कसरि अरुको दुःख र पिडालाई मजाक बनाएर त्यसलाई यो समाजमा बस्न असक्षम र कमजोर साबित गर्ने रु हो नयाँ पुस्ताले यहि सिकेको छ । उसले आफनो संस्कृति एकदमै तुच्छ र तल्लो तहको ठानेको छ ।

उसले पश्चिमा आयातित संस्कृतिलाई बिकसित र भब्य मानेको छ । ऊ आफुलाई एकदमै आधुनिक, शिक्षित र भव्य जानकार मानिरहेको छ भने ति अनुभवले खारिएका, जिवनका सबै पाटो आफैले भोगेर सिकेका ति महान् पुस्ता लाई धिक्कारी रहेको छ । अपमान गरिरहेको छ । उनिहरुको कुरा सुन्नु त परको कुरा आफनै अपरिपक्क र अल्पज्ञानलाई बाँढ्ने चेष्टासम्म गरिरहेको छैन् । हो हामि यहिनेर चुकिरहेका छौँ ।

हामिले सामाजिक हरेक पक्षलाई यिनै कार्यहरुबाट नष्ट गरिरहेका छौ । बिचमा रहेको आमाबुबाको पुस्ता आफैलाई सम्हाल्न सकिरहेको छैन् । न उसले सम्मानित पुस्ताको केहि गुण ग्रहण गरेको छ न त नयाँ पुस्ताको नै यसले यो पुस्तालाई न हाँसको चाल न बकुल्लाको चाल बनाएको छ ।

यसो भन्दै गर्दा नयाँ र विकसित समाजचाँही के आवश्यक होइन त रु पक्कै पनि हो नयाँ र विकसित समाजले पनि थुप्रै बिबिध राम्रा गुणहरु विकास गरेको छ । नयाँ पुस्ता यति धेरै चलायमान छ कि जसले गर्दा समाजका कतिपय विकास छोटो समयमानै सम्भव भएका छन् । नयाँ पुस्ता आफुलाई अरु भन्दा पृथक देखाउन चाहन्छ र ऊ पलपल यसको लागि चिन्तित छ । प्रत्येक सेकेण्डको पनि महत्व छ भन्ने कुरा नयाँ पुस्ता र नयाँ सामाजिक परिवेशले पुष्टि गरेको छ ।
अबको समाजलाई कसरी सन्तुलित बनाउने त रु

समाजलाई पहिलेको जस्तै सरल बनाउन र अहिलेको जस्तो आधुनिक बनाउन त्यति सजिलो छैन् । तसर्थ पुराना समाजका सकारात्मक पाटाहरु र नयाँ परिवर्तित समाजका सकारात्मक विकसित पाटाहरुको मिश्रणनै अहिलेको संकटमा रहेको सामाजिक परिवेशलाई दिगो विकासतर्फ दिशानिर्देश गर्न सकिन्छ । भनाईको मतलब पहिलेको मानविय धैर्यता, हरेक संकटसँग नआतिकन सबै मिलेर त्यसको समाधान खोज्ने, थोरै भएपनि पुग्ने तर खुशि रहने शैलि, एकअर्का बिचको आपसि अस्तित्वको सम्मान, माया र ममता प्रदान गर्ने शैली, जोहो गर्ने सरल तरिका आदि सिक्नुपर्ने हुन्छ भने ।

नयाँ समाजको बिकृति र बिसंगतिलाई छोडेर आवश्यक परिवर्तन गर्ने, आफनो क्षमतालाई लुकाएर नबस्ने, महिला र पुरुषबिचको लैङ्गिक विभेदलाई छोडेर समाजमा दुबैको अस्तित्व र आत्मसम्मान प्रदान गर्ने, प्रत्येक सेकेण्डको महत्व हुन्छ त्यसैले प्रत्येक क्षण समाजलाई केही योगदान दिने बुझाई, सबै बिकासको दिगो र टिकाउ स्वरुपको लागि आर्थिका पाटो सबल हुनुपर्ने मान्यता यि सबैको संयुक्त र सकारात्मक ग्रहण र सिकाई ले अबको समाजलाई बिऋङखलित हुनबाट रोक्ने र बिकसित पनि बनाँउदै लैजाने देखिन्छ ।

२० भदौ २०७७, शनिवार २१:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु