NIC ASIA Bank Long Ad

केही छैन तिमी छेउ

गुलाफ के सुन्दर तिम्रो सुन्दरता छेउ
संसारमा मिठो के छ तिम्रो मिठास छेउ
अत्तर के अत्तर तिम्रो सुवास छेउ
स्वर्गकी परी के परी तिम्रो रुप छेउ ।

तिमीलाई भेट्न परे कोसौं उकालो युँ चड्न सक्छु
तिमीसँग बोल्न पाए रात झिमिक्कै नगरी काट्न सक्छु
सेताम्मे हिमालको लहरहरु पनि थोते देख्छु म
मुस्कुराउँदा तिमी मेरो छेउ ।

कठोर जिन्दगीको यात्रा तिमीसँगै हिँड्न पाए
सप्तकोशीको बहाब तिमीसँगै तर्न पाए
मुटु झिकी खुवालुङ्गमा चढाउन पनि तयार म
बस साक्षीको रुपमा तिमी बसे मेरो छेउ ।

मनकाली, रुपकाली के-के देवी तिमी
निदरीमा सुत्न दिन्नौ छल कपट गरी
बिहान साँझा तिम्रो नाममा पानी तर्पाउन तयार म
तर तिमी बसे मेरो मनमन्दिर छेउ ।

माया गर्छु प्राणै दिन्छु तिमीलाई
जिन्दगी त के जिन्दगी तिम्रो माया छेउ
प्रचण्ड गर्मी पनि खप्न तयार छु म
हुन्छ भन मरुभुमि पार गरी आउँछु तिम्रो छेउ ।

– सुवास राई, रोङ-४, इलाम, मिति २०८१-०१-१५

१७ वैशाख २०८१, सोमवार १५:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु