NIC ASIA Bank Long Ad

बुटवलमा गर्मी लागेन

संगम गिरी- बुटवल

लुम्बिनी प्रदेशको आर्थिक केन्द्र बुटवल तराई क्षेत्रमा पर्छ । वैशाख जेठमा लगभग ४०° सेल्सियस तापक्रम पुग्ने यो ठाउँमा तातो हावा “लु” लाग्ने गर्दछ । भर्खरै मौसम पुर्वानुमान विभागले सर्तक रहनु भन्दै पुर्व सुचना पनि जारी गरिसकेको छ । ३ वर्ष बुटवल बस्दा र बेला बेला बुटवल आउदा निकै अत्यासलाग्दो गर्मी महसुस हुन्थ्यो बुटवलमा । एकछिन लाइन जादा त परानै जाला जस्तो ।

तर यो पालिको बुटवल बसाई अलिक भिन्न भयो । काम विशेषले चौराह जानू पर्यो , कुर्दै थिए आमाको कोसेली घ्यू । १२-१ बजेको समय चौराहको धुलो खादै पुलमा बसिरहेको थिए , दिमाग द्वारिका उदय सिनेमा तिर गएछ क्यारे एकैछिन तेतै हराए सम्झिए नाटक हेर्न जादा उनी सङ्ग गरेको नाटक , एता फर्कदा कालिका सिनेमा हल त्यहाँको त के कुरा र १५०/१५० को टिकट अनि दया ह्याङ राईको फिलिम ।

लगभग २ घण्टा त्यै पुलमाथी नै हराएछु । समान ल्याइदेको दाइको कल आयो सामान लिएर फर्किए । रुममा आएर यसो फेसबुक हेर्दा बुटवलको तापक्रम यो सिजनको उच्च विन्दुमा ४१° मापन गरियो समाचार आएको रहेछ । ४१° मा चौराहको नाङ्गो पुलमा गर्मी महसुस भएन, यादको सितलताले होला यसपटक मलाई बुटवल गर्मी लागेन ।

२० वैशाख २०८१, बिहीवार १०:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु