NIC ASIA Bank Long Ad

मधेस प्रदेशका राज्यमन्त्री नागेन्द्र यादवले दिए उम्मेदवारी

कृष्ण तिवारी, मधेसप्रदेश सरकारका उधाेग,पर्यटन तथा वन राज्यमन्त्री नागेन्द्र राय यादवले प्रदेशसभा सदस्यका लागि राैतहटको निर्वाचन क्षेत्र नम्बर ३ क मा उमेदवारी दर्ता गराएका छन् । यादवले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालय कटहरियामा आफैं पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।
एकीकृत समाजवादी पार्टीका प्रभावशाली नेता यादव चार दलिय सत्ता गठबन्धनकाे तर्फ उम्मेदवारको रुपमा मनोनय दर्ता गराउनु भएको छ । यादव २०७४ सालकाे प्रदेश सभा निर्वाचनमा विजयी हुनु भएको थियो ।
मनाेनय दर्ताकाे क्रममा कटहरिया वडा नम्बर १ का वडा अध्यक्ष भूपेन्द्र महताे,फतुवा बिजयपुरका मेयर प्रत्यासी अरविन्द यादव ,बुधाई खाँ लगायतका नेता कार्यकर्ताहरूकाे उपस्थिति रहेकाे यादवका स्वकीय सचिव ऋषि तिवारीले जानकारी दिनु भयो ।

२३ असोज २०७९, आइतवार २१:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु