NIC ASIA Bank Long Ad

पत्रकारको श्रम शोषण हुनु लज्जा ः काउन्सिल अध्यक्ष बस्नेत

पत्रकारहरूले तोकिएको पारिश्रमिक नपाउनु, अरुको पक्षमा बोल्ने र लेख्ने पत्रकारकै श्रम शोषण हुनु लज्जाको विषय भएको प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघ महिला विभागको आयोजनामा भएको ‘कार्यस्थलमा पत्रकार महिलाको सुरक्षा’ विषयक अन्तरक्रियामा उहाँले यस्तो बताउनुभएको हो ।
पत्रकारको श्रम शोषण हुनु पनि एक प्रकारको हिंसा नै रहेको र यो समस्या समाधन गर्न सञ्चार गृहका नेतृत्वकर्ता रहने सम्पादकले विशेष भूमिका देखाउनुपर्ने उहाँको सुझाव थियो ।
तर, सम्पादकहरु नै धेरैजसो व्यवस्थापकको भूमिकामा देखिँदा समस्या थपिएकोतर्फ अध्यक्ष बस्नेतले चिन्ता जनाउनुभयो ।

काउन्सिलले जारी गरेको पत्रकार आचारसंहिता र महिला सञ्चार निर्देशिका, २०७३ ले समेटन नसेकका विषय सहित कार्यस्थलमा हुने हिंसाको विषयमा छुट्टै निर्देशिका बनाउने तयारी भैरहेको उहाँले जानकारी दिनुभयो ।
स्वतन्त्रताको नाममा हुने विकृतिको अन्त्य गर्नुपर्ने भन्दै अध्यक्ष बस्नेतले कतिपय विषयहरु अहिले भैरहेका कानुनी व्यवस्थाले नसमेटाकाले अब बन्ने निर्देशिकामा थपिने प्रष्ट पार्नुभयो ।

६ असार २०७९, सोमवार १८:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु