NIC ASIA Bank Long Ad

काउन्सिलले बुझायो १६ बुँदे सुझावसहित निर्वाचन आयोगलाई प्रतिवेदन

प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिताबारे जनचेतना बढाउन जिल्ला तहमा अमिभुखीकरण कार्यक्रम गर्नुपर्ने लगायत १६ बुँदे सुझाव निर्वाचन आयोग नेपाललाई दिएको छ । सुझावमा प्रादेशिक र संघको आउँदो निर्वाचनमा सामाजिक सञ्जाल अध्ययन, अनुगमनका लागि पहिले नै प्रर्याप्त जनशक्तिको व्यवस्था गरिनुपर्ने समेत उल्लेख छ ।

स्थानीय तह चुनावको विशेष अनुगमनको अन्तिम प्रतिवेदन पेस गर्दै काउन्सिलले यस्ता सुझाव दिएको हो । काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले आयोगमा एक समारोहबिच सुझावसहितको प्रतिवेदन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई हस्तान्तरण गर्नुभयो । सो क्रममा अध्यक्ष बस्नेतले २०७९ सालको स्थानीय तहको निर्वाचनमा पत्रकार र सञ्चार माध्यमबाट पुर्वानुमान गरिएजस्तो विगतमा झैँ पत्रकार र निर्वाचन आचारसंहिता उल्लङ्घन भएको नपाइएको बताउनुभयो ।

तथापि केही सञ्चार माध्यमले राजनीतिक नेताको घृणास्पद अभिव्यक्तिलाई जस्ताको तस्तै प्रस्तुत गर्दा मतदातामा भ्रम पर्न गएकाले काउन्सिलले तत्कालै मौखिक/लिखितरूपमा ध्यानाकर्षण गराएर रोक्न लगाएको उहाँले प्रष्ट पार्नुभयो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले पनि पहिले सोचिएजस्तो निर्वाचन आचारसंहिता उल्लङ्घन भएको नपाइएको बताउँदै काउन्सिलले पेस गरेको प्रतिवेदनमा उल्लिखित सुझावलाई विषय र ठाउँ हेरेर कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाउनुभयो ।

२ असार २०७९, बिहीवार १७:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु