NIC ASIA Bank Long Ad

बार उपाध्यक्ष कर्णलाई प्रेस काउन्सिलमा स्वागत

प्रेस काउन्सिल नेपालले नेपाल बार एशोसिएसनका उपाध्यक्ष सुधिरकुमार कर्णलाई आचारसंहिता अनुगमन उपसमितिमा सोमबार स्वागत गरेको छ ।

अध्यक्ष बालकृष्ण बस्नेतले उपसमिति बैठकमा नेपाल बारको प्रतिनिधिका रूपमा सहभागी अधिवक्ता कर्णलाई स्वागत गर्दै मिडियाको आचारसंहिता उल्लङ्घनका घट्नाको निष्पक्ष छानविनमा सहयोग पुग्ने विश्वास राख्नुभयो ।

बस्नेतले अनलाइनसहित न्यू मिडियाको नियमन चुनौतिपूर्ण भइरहेका बेला काउन्सिलले विद्यमान ऐन, कानुन, निर्देशिका, आचारसंहिताका प्रावधान र अन्तराष्ट्रिय अभ्यास समेतका आधारमा कार्यसम्पादन गरिरहेको जानकारी दिनुभयो ।

उपसमितिमा मनोनयन हुनुभएका अधिवक्ता कर्णले प्रेस काउन्सिलको काम कारबाहीलाई प्रभावकारी बनाउन आफू दत्तचित्त भई कार्यसम्पादनमा जुट्ने दृढता राख्नुभएको थियो ।
सोही कार्यक्रममा अधिवक्ता समेत रहनुभएका काउन्सिल अध्यक्ष बस्नेतले कर्णलाई काउन्सिलको लोगो अंकित चिन्ह लगाइदिनुभएको थियो । काउन्सिलले यही वर्षदेखि लोगो लगाउने प्रचलन सुरू गरेको हो ।

बैठकमा काउन्सिलका सदस्यहरू गोपाल बुढाथोकी, दिपक पाण्डे, ठाकुर बेलबासे, लालबाबु शेख र दुर्गा भण्डारीका साथै मुख्य अधिकृत झबिन्द्र भुसाल, उपसमितिका सचिव रामशरण बोहरासहितको सहभागिता थियो ।

६ असार २०७९, सोमवार १८:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु