NIC ASIA Bank Long Ad

कुमारी बैंकको वेबसाइटमा रिकरिङ्ग निक्षेप क्यालकुलेटरको सुविधा

विगत २५ वर्षदेखि बैंकिङ्ग समाधानहरू प्रदान गर्दै आएको नेपालको अग्रणी वित्तीय संस्था, कुमारी बैंक लिमिटेडले, आफ्नो नवीनतम डिजिटल उपकरण, रिकरिङ्ग निक्षेप क्यालकुलेटर आफ्नो वेबसाइटमा उपलब्ध भएको घोषणा गरेको छ ।
कुमारी बैंकले ग्लोबल मनी वीकको १२ औँ संस्करणको अवसरमा यो सेवा सुचारु गर्न लागेको जनाएको हो ।

ग्लोबल मनी वीक एक विश्वव्यापी वार्षिक चेतना जगाउने अभियान हो, जसले युवाहरुलाई सानै उमेरदेखि आर्थिक रूपमा सचेत गराउने र वित्तीय चुनौतीहरुको पहिचान र सो समाधानका उपायहरु सिकाउने गर्दछ भने कुमारी बैंक लिमिटेड पनि यस अभियानमा जोडिएको छ ।

प्रयोगकर्ता अनुकूल रहेको क्यालकुलेटरले ग्राहकहरूलाई निश्चित रिकरिङ्ग निक्षेप लगानीबाट सम्भावित प्रतिफल अनुमान गर्न र वित्तीय योजनामा अझ बढी स्पष्टताको साथ सशक्त बनाउन सहयोग गर्ने बैंकले एक विज्ञप्ति जारी गर्दै दाबी गरेको छ।

यस क्यालकुलेटरले उन्नत एल्गोरिदमहरू प्रयोग गर्दछ, जसको प्रयोगबाट बचतकर्ताले निक्षेपको समयावधि र रकम मात्र राखेर यसबाट निश्चित भविष्यमा जम्मा हुनसक्ने बचत, सो बचतबाट आउनसक्ने प्रतिफल र समग्र बचत वृद्धिका सम्भावनाहरु अनुमान गर्न सक्दछन ।

बैंकले रिकरिङ्ग निक्षेप योजनामा जोडिन प्रोत्साहन गर्दै आएको छ भने, बैंकको वेबसाइटमा अन्य धेरै डिजिटल उपकरणहरु जस्तै इएमÞआइÞ क्याल्कुलेटरहरु पनि उपलब्ध छन् ।

रकरिङ्ग निक्षेप क्यालकुलेटर निः शुल्क प्रयोग गर्न तत्कालका लागि कुमारी बैंकको वेबसाइटमा जान सकिन्छ भने मोबाइल एपमा पनि यो सुविधा छिट्टै उपलब्ध हुने बैंकले जनाएको छ ।

६ चैत २०८०, मंगलवार १३:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु