NIC ASIA Bank Long Ad

थाहाको बज्रबाराहिमा अस्थायी प्रहरी पोस्ट

मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं.६ बज्रबाराही बजारको रुपमा क्रमिक बिकसित भैईरहेको, जनघनत्वको लगातार बृद्धि भैईरहेको सन्दर्भमा सुरक्षाको दृष्टिकोणले तत्काल सुरक्षाकर्मीको पहुँच पुर्‍याउन समेत कठिन भएको महसुस गर्दै बज्रबाराहिमा अस्थायी प्रहरी चौकी स्थापना गरियको छ ।
भाद्र २३ गते ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख प्र.नि. दुर्गा खनाल तथा स्थानिय भद्रभलाद्रमीले संयुक्त उपस्थितिमा चौकिको सुरुवात गर्दै उद्घाटन गरेका थिय।
मकवानपुर थाहा नगरपालिका वडा नं.६ बज्रबाराहीमा रहेको स्वास्थ्य चौकीको स्वामित्वमा रहेको प्रयोग बिहिन ३ कोठे एक तले भवनमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा रहने गरि अस्थायी प्रहरी चौकी बज्रबाराही स्थापना गरी संचालनमा ल्यायको ईलाका प्रहरी कार्यालय पालुङ्गका प्रमुख दुर्गा खनालले जानकारी दिनुभयो।
प्रहरी कार्यालय खुले सङै तेस भेगका जनताले सुरक्षाको प्रतिभुत गरेको बज्रवाराही स्थायी बसोबास रहेका नेपाली काङ्ग्रेसका नगर सभापति प्रमोदकृष्ण जोशीले बताउनुभयो।

२५ भदौ २०७९, शनिवार १९:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु