NIC ASIA Bank Long Ad

पोषण आयोजना तर्जुमा सम्बन्धी कार्यशाला सम्पन्न

२४ भदौ, हेटौंडा/राष्ट्रिय योजना आयोगको आयोजना तथा बागमती प्रदेश नीति तथा योजना आयोगको समन्वय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहजीकरणमा बहुक्षेत्रीय पोषण आयोजना (तेस्रो) तर्जुमा सम्बन्धमा बागमती प्रदेश स्तरीय परामर्श कार्यशाला हेटौंडामा सम्पन्न भएको छ ।
शुक्रबार बागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्ण राज पन्तको अध्यक्षतामा भएको कार्यक्रममा मूख्य मन्त्री कार्यालय बागमती प्रदेशका सचिव बिनोद कुमार भट्टराई, कृषि तथा पशुपंक्षी बिकास मन्त्रालयका सचिव डा. शरण कुमार पाण्डे, भूमि ब्यवस्था तथा गरिबी निवारण मन्त्रालयका सचिव बलराम निरौला लगागतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बागमती प्रदेशका मन्त्रालयहरुका सचिव, महाशाखा प्रमुख, प्रदेश स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिका सदस्यहरु, स्थानीय तहका प्रमुख, उपप्रमुखहरु, स्वास्थ्य निर्देशनालयका कर्मचारी , सरोकारवाला निकायको प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक लक्ष्मी घिमिरे, बहुक्षेत्रीय पोषण योजना सुशासन बिज्ञ शेर सिंह दहित, परामर्शलाता डा. राजेन्द्र बि.सि., डा. सुमनचन्द्र गुरुङ, नवराज वाग्लेले प्रस्तुतिकरण तथा सहजीकरण गनुभएको कार्यक्रमको बागमती प्रदेश नीति तथा योजना आयोगका सदस्य तथा प्रदेश स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिका संयोजक प्रल्हाद लामिछानेले स्वागत मन्तब्य सहित कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो ।
कर्यक्रममा मकवानपुर, धादिङ, सिन्धुली, काभ्रे, नुवाकोटका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको बहुक्षेत्रीय पोषण कार्यक्रमका बागमती प्रदेश संयोजक पुरुषेत्तम अर्यालले बताउनुभयो ।

२४ भदौ २०७९, शुक्रवार २१:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु