NIC ASIA Bank Long Ad

एनआईसी एशिया बैंकको एजीएम सम्पन्न

एनआईसी एशिया बैंक लिमिटेडको २४ औँ वार्षिक साधारणसभा आइतबार काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ।

सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ आसार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक विवरणमाथि छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ। सभाले गत कात्तिक १० गते सम्पन्न सञ्चालक समितिको ५१२ औँ बैठकले बैंकको स्वतन्त्र सञ्चालकको पदमा विजया स्वारलाई नियुक्त गर्ने निर्णय गरेकोमा उक्त निर्णयलाई अनुमोदनसमेत गरेको छ।

 

२१ चैत २०७८, सोमवार ११:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु