NIC ASIA Bank Long Ad

जनताका दुख

सफलता बोगटी- यदि संसारका सबै मानिसहरुले सधै सत्य मात्र बोल्ने हो भने संसारका ९० प्रतिशत समस्याहरुको स्वतह समाधान हुनेछ । जव मानिस मानसिक रुपमा अरुसंग प्रतिस्पर्धा गर्न सक्दैन तव उसले असत्य बोलेर प्रतिस्पर्धामा आफुलाइ अगाडी बढाउदछ । मानिसहरु किन असत्य बोल्छन भन्ने बारेमा मानव मनोबैज्ञानिकहरुले अनुसन्धान सहित तथ्यहरु पत्ता लगाएका छन । अपराध र असत्य बोल्नमा कस्तो सम्बन्ध छ ।

ज्यादै गरिब हुनु र असत्य बोल्नमा के सम्बन्ध हुन्छ । सामाजिक अपहेलनाबाट बच्नलाइ पनि मानिसहरु असत्य बोलिरहेका हुन्छन । उत्तरी धु्रबका स्केनडेनिभियन देशहरुका मानिसहरु भने असत्य बोल्दैनन् । तर उनिहरु आश्वासन चाहि दिन्छन र कहिले काहि पुरा गर्दैनन् । समाज अपराध शास्त्रमा आश्वासन दिनुलाइ पनि अपराध कै रुपमा लिइन्छ । आश्वासनको त कुरै छाडौ । नेपालका अधिकांश कार्यलयहरुमा सेवाग्रहिको फायलहरु लुकाइ दिने वा काममा ढिलासुस्ति गरीदिएर जनतालाइ घनघोर दुख दिने कर्मचारीतन्त्रको संस्कृती नै छ । विदेशमा भए कुनै पनि सेवाग्रहिको काम ढिला गर्ने कर्मचारीलाइ उक्त कामबाट सेवाग्राहिलाइ पुगेको हानी नोक्सानीको क्षतिपुर्ति सम्बन्धित कर्मचारीबाट असुलउपर गरीन्छ ।

नेपालको कानुनमा पनि यो नियम छ । आम आद्मी पाटीका नेता अरविन्द केजरीवालले दिल्ली र पंजावमा लोकप्रिय प्रशासनको कार्यन्वयन गरेका छन । यदि त्याहाँ तपाइले अनलाइन वा कार्यलयमा गएर कुनै काम गर्नु प¥यो भने तपाइले केवल आफ्नो फायल मात्र अपिसमा पु¥याइ दिनुपर्ने हुन्छ । तव त्यो फायलको काम कार्यलयले नै पुरा गरेर सो फायल वा चाहिएको वा माग गरीएको पत्रहरु तपाइलाइ नै फोन गरेर तपाइले भनेको स्थान वा घर सम्म कर्मचारीले ल्यायी दिन्छन ।

नेपालमा पनि कर्मचारीहरुको हैरानी र दिग्दारीबाट मुक्त हुन अब हातमा दहि जमाएर बस्ने दिनहरु गए । विदेशमा जस्तै नेपालमा पनि कर्मचारी तन्त्रमा हायर फायरको नीति ल्याउनु पर्छ । माननीय संसद डा। विमला पौडेल राइलाइ नेपालमा कर्मचारीको हालको अवस्था र व्यावस्थामा परीवर्तन गर्न सबैले साथ दिनुपर्छ । अब नेपाल यसरी चल्दैन । भोल्तेयरले भने जस्तो खराव सरकारले काम लाग्ने कानुनहरु चाहि कार्यन्वयन गर्दैन तर जनतालाइ दुख दिने अनावश्यक कानुनहरु चाहि बनाइरहन्छ । सबैलाइ चेतना भया ।

१८ साउन २०७९, बुधवार १२:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु