NIC ASIA Bank Long Ad

जागिर खोज्दे भन्नेका आफ्नै डिमान्ड !

सम्झना पौडेल – अनुभव १ः एकजना पत्रकारितामा मास्र्टस गरेको दिदि मेरो अफिसमा आउनु भएको थियो । उहाँले लौ न के गर्ने होला काम कतै पाइएन । जागिर पाउननि गाह्रो भो तिमिले चिनेको जानेको कतै छ भने भनिदेउन भन्नुभयो । हुन्छ दिदि म सक्दो प्रयास गरूला भने । काम गर्ने मिडियामै हो कि के मा सोधेको । उहाँले आफूले पत्रकारिता पढेकाले नै मिडियामै गर्ने तर अन्त नगर्ने भन्नुभयो । हुन्छ कतै छ भने बुझेर खबर गरूला भनेको थिए ।

त्यो दिदिले भेटनु भएको २ दिन पछि म एकजना सरकोमा आफ्नो कामले पुगेको थिए । उहाँले आफ्नो अफिसको लागि एक दुइजना केटा वा केटी जो भएपनि हुने । तर काम राम्रो गर्न सक्ने, राम्रो भएमा प्रमोसन पनि गरिदिने र काम गर्न सक्ने खालको मान्छे हुनुपर्छ । लौ न तपाइसँग कोही छैनन् ? भन्नुभयो । मैले त्यो दिदिको कुरा सम्झेर भने छन् नि किन नहुनु ? पत्रकारितामै मास्र्टस गरेको एकजना दिदि हुनुहुन्छ । उहाँलाई पनि जागिर चाहिएको थियो भनेपछि उहाँ सरले फेरी भन्नुभयो कस्तो मान्छे हो ? यहाँ त कार्यक्रम सञ्चालन पनि गर्नुपर्छ । यो त एउटा संगठन पनि हो, विभिन्न ब्यतिहरुलाई ल्याएर यहाँ छलफल हुँदा कार्यक्रम चलाउने, कार्यक्रमको महत्वपुर्ण कुरा टिपोट गर्ने देखि लिएर समाचार बनाएर अनलाइनमा हाल्ने गर्नुपर्छ भन्नुभयो । मैले नि सोचे पत्रकारिता पढेर मास्र्टस सकेको मान्छेलाई यो नौलो हुँदैन । त्यतिकुरा सुनेपछि हुन्छ म भेटन पठाइदिन्छु भनेर आफ्नो बाटो लागे ।

घर आएपछि मैले त्यो दिदिलाई सरको नम्बर दिएर आफैँ कुरा गर्नु भनेको थिए । त्यसको २ दिनमा उहाँहरूबिच भेट भएछ । अनि उहाँ सरले मलाई फोन गरेर भन्नुभयो कस्तो मान्छे पठाएको ? न बोल्ने ढङ्ग छ ? सिनियर मान्छेको अघि त्यसै प्वाक्क-प्वाक्क बोलेको छ । न समाचार लेख्न नै आयो। न त फोटो राम्रो नै खिच्यो ।

उहाँ दिदिको पहिलो भेटमानै अलि बढि बोल्ने हो कि जस्तो त मनमा लागेको थियो भएछ त्यहि । फेरी दिदिलाई फोन गरेर भेट्नुभयो ? के भयो ? सोधेँ । जवाफमा भन्नुभयोः सबै काम जान्नुपर्ने रहेछ । मैले त यसो बाहिर फिल्डमा जाने अनि अफिसमा लगेर बुझाउने सोचेको थिए । समाचार बनाउने, आफैँ पोस्ट गर्ने के-के के-के गर्दिन म भन्नुभयो । त्यसपछि मैले सोचे साच्चै नै त्यो सरले भनेको जस्तै नै पो हुनुहुँदो रहेछ । आफूलाई गर्न केही नआउने अनि दोष हरुलाई थुपार्ने ।

अनुभव २ः एकजना केटी साथिले लौ म काठमाडौँ आउने साथि जागिर चाहियो नत्र मलाई कोठा लिएर बस्न गाह्रो हुन्छ भनिन् । तिनले काठमाडौँ आउँछु भनेको लगभग १ वर्ष पुगिसकेको थियो । एकदिन म्यासेन्जमा नम्बर मागिन दिएको थिए । त्यसको ३० मिनटमा फोन गरेर आफ्नो परिवारको अवस्था लगायतका कुरा राखिन कुरा सुन्दा निकै दुःख लाग्यो । उनको १० मिनेट कुरा सुनेपछि मैले भनेः हुन्छ म तिम्रो लागि एउटा रेडियोमा कुरा गर्दिन्छु । के हुन्छ खबर गरौँला । त्यसको १ महिनामा उनि काठमाडौँ आइन आफैँले रेडियोमा लगे न त उनलाई टाइपनै गर्न अयो । न त उनलाई रेडियोमा बोल्न नै आयो । अर्को कुरा उनको योग्यता पनि निकै कम रहेछ । फेसबुकमा मात्रै चिनजान भएकाले त्यहाँ गएपछि मात्र मलाई थाहाभयो उनको शैक्षिक योग्यताको विषयमा । रेडियोको स्टेसन म्यानेजरसँग कुरा भैरहेको सन्दर्भमा उनले भनिन् म त नाटकमा बोल्ने हो । रेडियो नाटक भए गर्छु नत्र गर्दिन भनेपछि स्टेसन म्यानेजरले लौ त्यो खालको कार्यक्रम हाम्रोमा छैन पछि भयोभने खबर गरौँला भने ।

त्यसपछि बागबजारसम्म सँगै गएर हामी आ–आफ्नो गन्तव्य तर्फ लाग्यौँ । बाटोमा मैले सोचे, उनलाइ चाहिएको कस्तो खालको जागिर थियो ? भन्ने बेलामा मान्छेलाइ भावुक बनाउने गरि मलाई जागिर चाहियो म सबै कुरा जान्छु । परिवारको अवस्था नाजुक छ भन्ने गर्ने बेलामा आफ्नै कुरा र आफ्नै डिमान्ड सकिएन है ।

३ माघ २०८०, बुधवार १४:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु