NIC ASIA Bank Long Ad

प्लास्टिकको बन्दुकसँगै आउने तिहार

आहाँ ! धुपैधुपको पर्व तिहार । फुलैफुलको पर्व, मैन बत्तिहरूको पर्व, दियोहरूको पर्व । पट्का, माला, देउसे र भैलोसङ्गै आउने तिहार । प्रिय पाठकवर्ग आज म यहाँहरूलाई मेरो बाल्यकालको अनुभव मात्रै साट्छु है ।

तिहार यस्तो पर्व हो, जहाँ मखमली, सयपत्री र गोदावरीको मीठो बासनाले मनै तरङ्गित हुन्छ । पट्का, झिरझिरे, सेलरोटी, आफ्ना साथिभाई अनि तास भएपछि अरू के चाहिन्छ ? म सानो हुदाँ तिहार दशै सकिने बितिकै सुरूहुने गरेको थियो । आमाले मामाको लागि मिठाई तयार पार्नुहुन्थ्यो । हामि आमाको आखाँ छलेर खुबै मिठाई चोर्ने गर्दथ्यौं । बुबाले दशैमा हालिदिनु भएको पिङ्गसँगै आउने गरेको तिहारमा दशैँमा लगाएको टिका भोलिपल्टसम्म बसेमा त्यहि टिका लगाइदिनाले अझ बढि दाजुभाइको दिघार्यु हुन्छ भन्ने मान्यता थियो ।

तिहारमा मलाई यादआइहाल्ने कुरा हो पड्का । बुबाले बजारबाट २५ रूपैया जाने प्लास्टिकको बन्दुक ल्याइदिनुहुन्थो । त्यसमा एक रूपैया जाने पटका भरेर पट्ट्पट्ट् पड्काउदै बन्दुक पड्काइदिउ भन्दै अरूलाई तर्साउदै हिडने गर्दथ्यौं । जुन आज छैन । हुन त त्यो बालापनको उमेर हो । त्यो समय नै अहिले कहाँ पाइन्छ ? अहँ पाइन्न तर अहिलेका बालबालिकाले पुराना ती स्मृतिहरू झल्काएको पाइदैन । उनिहरूलाई त्यसरी खुल्ला वातावरणमा रम्नु भन्दा एउटा बन्द कोठामा भएको टिभि सेट वा मोबाइलको गेममा आँउन्छ तिहार ।

तिहारको बिदामा हाम्रो स्कुलको त्यो चौरभरी लंगुरबुर्जा, पिङ्ग खेलाइन्थ्यो । हामि ५ रूपैया लिएर गएर लंगुरबुर्जा खेल्ने गर्दथ्यौं । । कसरी खेल्ने ? के खेल्ने केही थाहा थिएन । के र्फकाउदा वा पर्दा पैसा आउन्छ र जान्छ पनि थाहा थिएन तर पनि मज्जाले खेलिन्थ्यो । हामि भन्दा ठुलाले मात्र जित्नु हुन्थ्यो । हामिले सधै हार्ने गरेपनि खुशी हुँदै घर दगुरेर जाने गरिन्थ्यो । तर अहिले पहिलेको जस्तो केही छैन ।

हाम्रो घरमा काग तिहार देखि नै तिहारका झिलिमिली बत्ती बाल्ने गरिन्थ्यो । जस्ले गर्दा मन नै चङ्गासरी फुरूरू नाँच्ने गरेको थियो । बुबाले बजारबाट ल्याइदिनु भएका थरीथरीका झिलिमिलि बतिहरूसङ्गै आउने गरेको थियो तिहार । पहिलो दिन कागलाई बनाइने नैवेदसँगै तिहारमा पकाइने सेलरोटिले मन यति खुशी हुने थिएन । देउसि रे भाका कस्ले राम्रो लेख्ने÷बनाउने ? भनेर साथिबीच प्रतिश्प्रधा नै चल्ने गरेको थियो । आ–आफ्नो टिमका कोको साथि जाने कस्ले नाच्ने ? कस्ले गाउने ? कस्ले भटाउने भनेर पहिले देखिनै छलफल चलाइन्थो । स्कुलको चौरमा भेला भएर देउसी भैलोको तयारी गर्ने गरेका थियौं । कस्को घरमा धेरैबेर खेल्ने किनकि जस्को घरमा धेरै पैसा दिनुहुन्छ ? उसैको घरमा धेरैबेर खेल्ने गरेका थियौँ । अँहो कुकुर तिहारको दिन बारीभरी फुलेका फुलहरु टिपेर कस्ले माला धेरै उन्ने भनेर हानथाप हुने गरेको थियो । गाउँभरीका कुकुरलाई बोलाएर माला लगाइदिने र नैवेद खाने दिने गरिन्थ्यो । तिहारको रौनक सयपत्रि र मखमलि मात्रै होइन रक्ताम्य भएर बारीका डिलहरूमा छपक्कै फुलेका फूलहरूमा पनि आउने गरेको थियो । लक्ष्मीको पूजाको दिन मिठाइ बनाई लक्ष्मीको पूजा गरिने, आगनमा ठुलो मण्डप बनाएर पुजा गरिने गरिन्थ्यो । हुनत आज पनि त्यसै गरिन्छ ।

लक्ष्मी पूजामा साथिहरू जम्मा भएर भैलो खेल्न जाने गर्दथ्यौं । ५ बज्दा नै साथिहरु भेला हुने ६ बजे हिड्ने गरेका थियौँ । जुन आजपनि मनस्पटलमा ताजै छ । लक्ष्मीपूजाको दिन घरको आँगनमा आमाले बनाउनुभएको रंगोली झुकिएर कुल्चदा आमाको खुबै गाली खाइन्थ्यों । यसरी तिहारको अन्तिम दिन भाइटीको दिन । आफ्ना दाजुभाइलाई सप्तरंगी टीका अनि कहिले नओइलिने मखमलीको माला लगाइदिएर पूजा गरि दिदीभाइको सम्बन्ध सुमधुर बनाउने, एक–अर्काप्रतिको माया दर्साउने दिन । पहिले जस्तो परिवार तथा दाजुभाइ, दिदीबहिनीहरूको भेटघाट पनि निकै पातलिइसकेको छ । कसैसँग कसैका लागि प्रशस्त समय छैन । तिहारको महत्व त घटेको हैन तर केले हाम्रो संस्कृतिलाई यति प्रभाव पार्दैछ ? आज पनि पर्व मनाउने त्यसरी नै हो तर समय बदलिएको छ । डिजिटल युगले पनि होला हरेक चार्डवर्प पनि डिजिटलमय बन्दै गएका छन् । अन्तिममा प्रिय पाठक वर्गहरूमा तिहारको हार्दिक शुभकामना ब्यक्त गर्दछौं ।
—ख मिडिया प्रालि परिवार ।

२४ कात्तिक २०८०, शुक्रवार १२:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु