NIC ASIA Bank Long Ad

कुलपतिद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

नवनियुक्त तीन जना कुलपतिहरूले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । आज बिहान बालुबाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन जना कुलपतिहरूलाई पद तथा गोपनियताको सपथ गराउनुभएको हो ।

यसरी सपथ ग्रहण गर्नुहुनेहरुमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपतिमा नारदमणी हार्तम्छाली रहनुभएको छ ।

सो अवसरमा प्रधानमन्त्रीले उहाँहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

४ फागुन २०७९, बिहीवार १४:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु