NIC ASIA Bank Long Ad

अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न अमेरिकालाई चीनको आग्रह

काठमाडौं, २० भदौं । चीनले कम्तीमा पनि अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न अमेरिकालाई आग्रह गरेको छ ।

चिनियाँ राजधानी बेइजिङमा शुक्रबार आयोजना गरिएको नियमित पत्रकार सम्मेलनका क्रममा चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता हुवा चुविङले सो आग्रह गरेकी हुन् ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मोर्गन अर्टेगसले हालै विश्व स्वास्थ्य संगठनका बारेमा दिएको प्रतिक्रियापछि चीनका देशमन्त्रालयका प्रवक्ताको यो भनाई आएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मोर्गन अर्टेगसले हालै विश्व स्वास्थ्य संगठनसँग अमेरिकी सम्बन्ध तथा सहयोग घटाउँदै लैजाने र अर्काे लटमा त्यस विषयमा अमेरिकाको थप निर्णय आउने बताएकी थिइन् ।

पत्रकार सम्मेलनका क्रममा यसै विषयमा आएको प्रश्नको जवाफ दिँदै प्रवक्ता हुवाले सो धारणा राखेकी हुन् ।

उनले भनेकी छिन्, ‘अमेरिकाले कम्तीमा पनि अन्तर्राष्ट्रिय दायित्वहरुलाई बुझ्न सक्नुपर्छ र त्यसको पालना पनि गर्नुपर्छ ।’

विश्व कोभिड १९को महामारीमा फसेका बेला हरेक देशले यो महामारीको अन्त्यका लागि आवश्यक रुपमा मिलेर काम गर्नुपर्ने प्रवक्ता हुवाको भनाई थियो ।

यस अवस्थामा विश्व स्वास्थ्य संगठनसँगको संलग्नता या अरु कुनै पनि विषयमा बेमेल राखेर नभएर मिलेर र समन्वय गरेर काम गर्नुपर्नेमा उनले जोड दिएकी छिन् ।

हालैका केही समययता अमेरिकाले विश्व स्वास्थ्य संगठनसँगको सम्बन्धलाई नै तोडिदिएको छ । अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको आर्थिक सहायताको काम पनि रोकेको छ ।

जसले गर्दा उक्त संगठन आर्थिक समस्यामा पनि फस्नसक्ने देखिएको विश्लेषण गर्न थालिएका समाचारहरु आइरहेका बताइएको छ । सिन्ह्वा

२० भदौ २०७७, शनिवार १५:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु