NIC ASIA Bank Long Ad

सेटिङ

स्वभाविक हो, हाकिम जता जान्छन् उतै पुग्छन् कारिन्दा । तर, हाकिम र कारिन्दाको यो नेक्सस चाहिँ बडो शंकास्पद् छ ।

यस्तो कनेक्सनको जालो मन्त्रालयरविभाग हुँदै गाउँघरको सिंहदरबारसम्म पुग्न थालेको देखिन्छ ।

जस्तो अहिले निर्वाचन आयोगमा पुगेका दिनेश थपलिया र उनकै सहोदर नातेदार भाइ सुरेश अधिकारीलाई हेरौं ।

लामो समय दिनेश संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत थिए,सचिवका रुपमा ।

उनीसँगै उनको फूपुको छोरा सुरेश अधिकारीसँगै रहे,सहसचिव तथा प्रवक्ताको भूमिकामा । सचिवमा बढूवा भएर सुरेश प्रदेश एकको प्रमुख सचिव चलाए केही समय ।

र त्यहाँबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगे । त्यतिबेलासम्म केपी शर्मा ओलीले टिपेर दिनेश थपलियालाई निर्वाचन आयोगमा प्रमुख आयुक्त बनाइसकेका थिए ।

उनैले सुरेशलाई त्यहाँबाट निर्वाचन आयोगको सचिव बनाएर लगे,अहिले सामान्य प्रशासन हुँदै पर्यटन मन्त्रालयमा पुगेका छन्, सुरेश ।

यस्तो जालो दिनेश र सुरेशको मात्र होइन । अहिले श्रम सचिव एकनारायण अर्याल र सहसचिव राजिव पोखरेलको कनेक्सन पनि अनौठो छ । एकनारायण सामान्यमा हुँदा राजिव सामान्यकै हर्ताकर्ता थिए ।

त्यहाँ पूर्वमन्त्री राजेन्द्र श्रेष्ठ भित्रिए लगतै उनी श्रममा गए सचिवका रुपमा । त्यतिखेर श्रम सचिव थिए,कृष्णकुमार श्रेष्ठ । एकनारायण सूर्य छापवाला कर्मचारीका रुपमा चिनिन्छिन् ।

उनी यस्ता सौभाग्यशाली कर्मचारी हुन्,जो सचिव बढुवा भएपछि प्रदेशमा बस्नु परेन,बरु आफ्नै लागि सचिवको नयाँ दरबन्दी स्वीकृत गराएर काठमाडौं महानगरपालिका कमाण्ड गर्न पुगे,काठमाडौंको प्रजिअ हुँदै दिल्ली पुगेका उनी सचिवको रुपमा काठमाडौं महानगरपालिका पुगेका थिए ।

पछि राजेश्वर ज्ञवालीलाई आफैं हर्ताकर्ता हुने रहर जागेपछि ७५३ स्थानीय तहमध्ये सबैभन्दा ठूलो महानगरपालिकाबाट सचिवको दरबन्दी कटौती गरी सहसचिवलाई नै प्रमुख प्रशासकीय अधिकृत बनाइयो ।

उनको पालामा नगरपालिकाका १८ सय कर्मचारीको एकै पटक बढुवा गरियो । १ सय ८३ नगर प्रहरीको उसैगरी बढूवा गरियो ।

यसरी एक तह बढूवा गरिँदा राम्रै रकम उठाइएको चर्चा महानगरपालिकामा व्याप्त थियो ।

एकनारायण चाहिँ काठमाडौं महानगरपालिकाबाट श्रममा गएपछि राजीव पोखरेलसहितका टिमलाई आफैंसँग लिएर गए ।

संघीय मामिला तथा सामान्य प्रशासनबाट छाडेर अन्यन्त्र कतै जानु नपरेका अर्का उपसचिव छन्,रविन्द्रजंग थापा उनको र सचिव सुरेश अधिकारीको कनेक्सन पनि शंकास्पद् मानिन थालेको छ ।

यस्तै अहिले गृह प्रशासनमा कर्मचारी प्रशासनका हर्ताकर्ता बनेका गोविन्द रिजालले आफू त्यहाँ भएको समयमा आफ्नो गृहजिल्लाबासी एक पछाठि अर्को दैलेखीहरुलाई सीडीओ बनाएर रेकर्ड भंग गराएका छन् । उनी यस अगाडि काठमाडौं जिल्ला प्रशासन कार्यालयको प्रमुख जिल्ला अधिकारी चलाइसकेका कर्मचारी हुन् ।

आफू गृहको कप्रमा गएर दैलेखी घनश्याम उपाध्यायलाई काठमाडौं जिल्ला प्रशासनको कमाण्डर,कर्णालीकै जयनारायण आचार्यलाई ललितपुरको प्रमुख जिल्ला अधिकारी बनाएका थिए भने अहिले दैलेखकै र एउटै क्लासमा पढेका खगेन्द्र रिजाललाई भक्तपुरमा ल्याएर सीडीओ बनाउन भ्याएका छन् ।

गृह प्रशासनमा दैलेखीहरुको कनेक्सन कतिसम्म डरलाग्दो छ भने अघिल्लो पटक बालकृष्ण खाँड गृहमन्त्री र टेकनारायण पाण्डे सचिव हुँदा दैलेखका ९ जनालाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको थियो ।

यता एक जना करारका कर्मचारीलाई अगाडि सारेर उद्योगका डिजी रामचन्द्र तिवारीको लुट चलेको त्यहाँका कर्मचारीहरुले सुनाउन थालेका छन् ।

रामचन्द्र जता गयो त्यतै करारमा कर्मचारीलाई फिट गराएर असुली धन्दा उठाउँदै आएको चर्चा उद्योग मन्त्रालयतिर सुनिन थालेको छ ।

हाकिमहरुले तल्ला तहका कर्मचारीलाई बोकेर असुली धन्दा चलाउने र फस्ने स्थिती आए तिनैलाई फसाएर आफू पानीमाथिको ओभानो बन्ने गरेका छन् । तामाकोशी सन्देशबाट

१९ माघ २०७९, बिहीवार १४:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु