https://election.gov.np/
NIC ASIA Bank Long Ad
Global IME Bank Long Ad

झिरझिरे बत्ती र चङ्गा चैटसँङ्गै आउने तिहार !

धुपैधुपको पर्व-फुलैफुलको पर्व

सम्झना पौडेल, आहाँ धुपैधुपको पर्व, फुलैफुलको पर्व ,मैन बत्तिहरुको पर्व, दियोहरुको पर्व,पट्का,माला,देउसे र भैलोसँगै आउने तिहार अनि म सानो हुदाँको त्यो तिहार सम्झदा नि मनै आनन्द हुन्छ ।

तिहार यस्तो चाड हो जहाँ मखमली, सयपत्री र गोदावरीको मीठो बासनाले मनै तरंगित हुन्छ । पटाका, झिरझिरे, झिलीमिली बत्ती, सेलरोटी, तास । आहा तिहारको कलरफूल यामले मनै आनन्दित बनाउँछ । तर आजको युग डिजिटल युग हो । त्यसैले पनि होला हरेक चार्डवर्पहरु पनि डिजिटलमय बन्दै गएका छन् ।

आजभन्दा पाँच(सात बर्ष अगाडिसम्म त्यस्तो धेरै थिएन तर अहिले यस्को चाहिने भन्दा ज्यादा प्रयोग बढ्दै गएको छ । म सानो हुदाँ तिहार दशै सकिने बितिकै सुरु हुने गरेको थियो। त्यसलाई हामि तिहारको मौसम भनेर भन्थ्यौ।

आमाले मामाको लागि तयार पार्नु भएको मिठाई चोर्ने म
बाबाले दशैमा हालिदिनुभएको पिङ्गसँगै तिहार आउन्थ्यो हाम्रो घरमा । दशैमा लगाएको टिका भोलिपल्टसम्म बसेमा त्यहि टिका तिहारमा लगाइदिनाले अझ बढि दाजुभाइको दिघार्यु हुन्छ भन्ने मान्यता थियो हाम्रो समाजमा ।

तिहार भन्ने बितिकै मलाइ याद आइहाल्ने कुरा हो पड्का । बाबाले बजारबाट २५ रुपैया जाने प्लास्टिकको बन्दुक ल्याइदिनुहुन्थो । त्यसमा एक रुपैया जाने पटका भरेर पटपट पडकाउदै बन्दुक पडकाइदिउ भन्दै अरुलाई तर्साउदै हिडने गरेको थिए म । जुन आज छैन हुनत त्यो बालापनको उमेर हो ।

त्यो बालापनको समय हा । त्यो समय नै अहिले कहाँ पाइन्छ र रु अहँ ,पाइन्न तर अहिलेको बच्चाले पुराना ती स्मिृतिहरु झल्काएको पाइदैन । कारण उनिहरुलाई त्यसरी खुल्ला वातावरणमा रम्नु भन्दानि एउटा बन्द कोठामा भएको टिभि सेट होस् वा मोबाइलको गेममै सकिन्छ तिहार। तिहारको बिदामा हाम्रो स्कुलको त्यो चौरभरी लंगुरबुर्जा पिंग खेलाइन्थो ।

हामि ५ रुपैया लिएर गएर लंगुरबुर्जा खेल्ने गरेका थियौ । कसरी खेल्ने रु के खेल्ने केही थाहा थिएन । के र्फकाउदा वा पर्दा पैसा आउन्छ र जान्छ पनि थाहा थिएन तर पनि खेलिन्थो। हामि भन्दा ठुला दाई दिदिहरुले मात्र जित्नुहुन्थ्यो हामिले सधै हारेकै हुन्थ्यौ तै पनि खुसिहुदै घर दगुरेर जाने गरिन्थ्यो । तर अहिले पहिलेको जस्तो केही छैन ।

पहिलेजस्तो परिवार तथा दाजुभाइ, दिदीबहिनीहरूको भेटघाट पनि निकै पातलिइसकेको छ । कसैसँग कसैका लागि प्रशस्त समय छैन । तिहारको महत्व त घटेको हैन तर के ले हाम्रो संस्कृतिलाई यति प्रभाव पार्दैछ रु हाम्रो घरमा काग तिहार देखि नै तिहारका झिलिमिली बत्ती बाल्ने गरिन्थ्यो । जस्ले गर्दा मन नै चंगासरी फुरुरु नाच्ने गरेको थियो।

बाबाले बजारबाट ल्याउनु भएका थरी थरीका फुलहरुरु झिलिमिलि बतिहरुसँगै आउने गरेको थियो तिहार । अहो तिहारको पहिलो दिन कागलाई खुवाउन बनाइने पहिलो दिनको नैवेदसँगै तिहारमा पकाइने सेलरोटिले मन यति खुसि हुने थिएन । देउसिरे भाका कस्ले राम्रो लेख्ने रु बनाउने रु भनेर साथिहरुबीच प्रतिश्प्रधा नै चल्ने गरेको थियो । आ–आफ्नो टिमका को को साथि जाने कस्ले नाच्ने कस्ले गाउने कस्ले भटाउने भनेर पहिले देखिनै छलफल चलाइन्थो ।

हामीहरु सबै स्कुलको चौरमा भेला भएर देउसी भैलोको तयारी गर्ने गरेका थियौ । कस्को घरमा धेरैबेर खेल्ने किनकि जस्को घरमा धेरै पैसा दिन्छन उसैको घरमा धेरैबेर खेल्ने गरेका थियौ हामिले । अहो कुकुर तिहारको दिन बारीभरी फुलेका कुकुर फुलहरु टिपेर ल्याउने गरेका थियौँ । कस्ले माला धेरै उन्ने भनेर दिदिहरु र म बिच निकै हानथाप हुने गरेको थियो । त्यसमा पनि कस्ले उनेको माला राम्रो भन्ने पनि हुने गरेको थियो । भ्याएसम्म गाउँभरीका कुकुरलाई बोलाएर माला लगाइदिने र नैवेद खाने दिने गरिन्थयो ।

तिहारको रौनक सयपत्रि र मखमलि मात्रै होइन रक्ताम्य भइएर बारीका डिलहरुमा छपक्कै फुलेका रक्तत्त फुलहरुमा पनि आउने गरेको थियो । तिहारका पाँचै दिन महत्वपूर्ण हामिलाई विशेष लाग्थ्यो। तिहारभरि चारैतिर झिलिमिली बत्ती, रंगीबिरंगी फूलहरूले घर–पसलहरू सजाइने गरेको थियो । सयपत्री तथा मखमलीजस्ता फूलले वातावरण नै सुगन्धित बनाइदिएको हुन्थ्यो । लक्ष्मीको पूजाको दिन मिठाइ बनाई लक्ष्मीको पूजा गरिने, आगनमा ठुलो गोलो आकारमा मडप बनाइ पुजा गरिने गरिन्थ्यो ।

हुनत आज पनि त्यसै गरिन्छ । दियो, मैन तथा झिलिमिली बत्तीले गर्दा पूरै टोल नै उज्यालो र रंगीबिरंगी हुँदा हामि राति अबेरसम्म त्यहि झिलमिल हेरेर आगनमा बस्ने गरेका थियौ । काग पूजा, कुकुर पूजा, लक्ष्मीपूजा, गोवर्धन पूजा सबैको महत्व आफ्नै किसिमको थियो। लक्ष्मी पूजाको दिन हामिले गोठमा गएर गाईलाइ मिठिमिठा खानेकुरा दिई फुलमाला लगाउने गरेका थियौ ।

त्यतिबेला गाई पनि अतिनै खुसि हुने गर्दथ्यो । लक्ष्मी पूजाको हामि भैलो खेल्ने साथिहरु जम्मा भएर जाने गरेका थियौ । हरेकको घरमा बालिने झिलिमिली बत्तीले मनै रोमाञ्चित हुने गरेको थियौ । लक्ष्मी पूजाको दिन हामि ४ बज्दा नै साथिहरु भेला हुने गरेका थियौ ।

६ बजेको चालपाउना साथ हामि भैलो भन्न हिड्ने गरेका थियौ । जुन आजपनि स्कृतिमा ताजै छ। हामि रातको १० बजेसम्म पनि भैलो खेल्ने गरेका थियौ । कसैले पैसाको जिम्मा कसैलो खानेकाुराको जिम्मा लिने गरेका थिया । पछि एक अञ्जुलि अञ्जुलि चामल मकै कोदो सेल पनि सबैको भागमा नपुग्लाकि भनेर टुक्र टुक्रा पारेर बाड्ने गरेको थियौ ।

अहँ आजकाल त्यस्तो छैन । तिहारका बेला घरको चारैतिर दियो बाल्ने गरेका थियौ । अनि साना साना मैनबत्तिहरु पनि बाल्ने गरेका थियौ । लक्ष्मीपूजाको दिन घरको आँगनमा रंगोली आमाले बनाउनुहुन्थ्यो तर हामिले झुकियर कुल्चदा ममिको खुकै गालि खाइन्थ्यो ।

यसरी तिहारको अन्तिम दिन भाइटीको दिन । आफ्ना दाजुभाइलाई सप्तरंगी टीका अनि कहिले नओइलिने मखमलीको माला लगाइदिएर पूजा गरि दिदीभाइको सम्बन्ध सुमधुर बनाउने, एक–अर्काप्रतिको माया दर्साउने दिन बिहानै उठेर नुहाइन्थ्यो ।

हाम्रो एक जना मात्रै दाजु हुनुभएको कारणले दिदिहरु बिच कस्ले ठुला ठुला र राम्रा थुगा गरेको माला उन्ने,कस्ले बनाएको परिकार मिठो हुने भन्ने प्रतिश्प्रधा चल्दा म भने ममिले मामाहरुको लागि तयार पार्नुभएको सेलरोटि र मिठाई दाजुको लागि लुकाएर राख्ने गरेको थिए ।

भाइटीकाका दिन सप्तरंगी रंग, पूजा सामग्री, तेल, दूबो, ओखर, सयपत्री, गोदावरी एवं मखमलीका माला, शृंगारका सामान ऐना, गाजल, मिष्ठान्न परिकार, उपहार, दियो, कलश आदि सामग्रीको सहित दाजुलाई पुजा गरि तिहार मनाएसि तिहार सकिन्थ्यो । आज पनि त्यहि हो तर समय बदलिएको छ ।

५ कात्तिक २०७९, शनिवार १३:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु