NIC ASIA Bank Long Ad

देश बर्बाद गर्ने झुण्डको मतियार नबनौँ

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन सकिएसँगै चुनावी माहौल ह्वात्तै बढेको छ । पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको नामावली प्रकाशन गरी असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवं उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने काम आयोगले अगाडि बढाएको छ । उम्मेदवारी दर्तापछि उम्मेदवारहरू मतदाता फकाउने र परिणाम आफ्नो पक्षमा पार्न प्रयासरत छन् । मतदाताहरू भने कुन उम्मेदवार कस्तो र कुन उम्मेदवारले चुनाव जित्छ भन्दै आन्तरिक लेखाजोखा गर्न थालेका छन् ।

यस पटकको निर्वाचनमा पनि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू चुनावी मैदानमा उत्रिएका छन् । आफ्नो स्वार्थ पूरा गर्न जनतालाई बलिको बोका बनाउन घरी यता घरी उता हुने परिपार्टी यो चुनावको समयमा देखिएकै छ । सबैले टिकट पाउनै पर्ने जस्तो अडान पनि राखे । पार्टीको र देशका जनताको लागी गरेको योगदान के भन्ने कुरा महत्वपुर्ण हुने हो तर यसो हुन सकेन । अवसर पाए पार्टी प्रवेश  गर्ने नत्र विद्रोह गर्ने परिपार्टीले गर्दा विचार र सिद्धान्त नचाहिने रहेछ भन्ने कुरा झल्काएको छ । कतिले त पार्टी सङ्ग टिकट लिएर पनि उम्मेदवारी दर्ता नगरेर बसे ।

जनताले अब विवेकको प्रयोग गर्नुपर्ने समय आएको छ । जनताको हकहित र आत्मसम्मानका लागि सशक्तरूपमा लागिरहने नेतृत्व अबको पुस्ताले चुन्न सक्नुपर्छ । जनताका मुद्धामा निरन्तर लाग्ने, जस्तोसुकै कठिनाई र सङ्कटलाई कुनै प्रवाह नगरी प्रतिबद्ध रहने नेतृत्व नै आजको आवश्यकता हो । भित्रिभित्र हाम्रा आखाँले देख्न नसकेका र कानले सुन्न नपाएका विषयहरू धेरै होलान् जुन आफँैमा सोचनिय पाटो हो । तसर्थ मंसिर ४ गते हुने निवार्चनमा हामिले कस्तालाई भोट दिन्छौ ? कस्ता ब्यक्तिलाई चुन्छौ ? त्यसले समग्र देशका प्रतिनिधित्व गर्नेछ । मंसिर ४ गते मतदान गरेर पाँच वर्षसम्म पछुतो मानी बस्ने अवस्था कसैलाई कुनै पनि क्षेत्रमा नपरोस्  ।

जनता भने चरम गरिबि र अभावमा बाँच्नुपर्ने नेताहरू भने चिल्ला गाडिमा सयर हुने परिपार्टीको अन्त्यको लागि, जनताको पसिनाको उचित मुल्यको लागि, हाम्रो श्रमको सहि सदुपयोगको लागि अब विवेकको प्रयोग गर्न समय हो यो चुनाव । पार्टीको नेतृत्वको सेतो खोलको जलप लगाएर भित्रभित्र कालोधन्दा गर्नेको बिगविगि छ । यहाँ एनजिओवाला, आइएनजिओवाला, ब्यापारीवाला, कर्मचारीवाला, गुन्डागर्दिवाला पनि नेता भएका छन् । त्यसैले आफ्नो मत जाहेर गर्ने अवस्थामा आफ्नो विवेकको उचित प्रयोग गर्न हामी सक्षम हुनुपर्दछ ।

राजनीतिक अभिष्ट प्राप्तिका लागि मुल्य मान्यताहरु हराउँदै गएका छन् । दलगत, दलभित्रको पनि गुटगत वा व्यक्तिको ढोँगीकारिता गर्नेको भिडमा सुसुप्त देखिछन् । आशा गरौँ अबको नयाँ पुस्ताले जनताको हकहितलाई ध्यानमा दिने नृतृत्व चुन्नेछ । मत हाल्दै गर्दा आफ्नो मत प्राप्त गर्ने ब्यक्तिको मुल्याङ्कन गर्न जरूरी छ । सक्षम, असल र इमान्दार उम्मेदवारलाई चुन्न सकेमात्र देशको मुहार फेर्न सकिन्छ । यसर्थ पार्टिको झण्डा हेरेर मत हाल्ने संस्कार जवसम्म हामिले त्याग्न सक्दैनौ हामी देश बर्बाद गर्ने झुण्डको मतियार हुनेछौँ ।

नेता होईन निती हेरेर भोट गरौ । पहिचान भनेको पदले झल्काउने कुरा हो । तसर्थ विवेकपूर्ण निर्णय गरौँ । पद्धती, पादर्शिता, इमान्दारिता र उत्कृष्टता अबको नेतृत्वको आवश्यकता हो । देश संमृद्ध र नागरिक सचेत भएका देशमा राजनीतिको रङ लगाउनु पर्दैन । आफ्नो अमूल्य मत कसैको लोभ, डर, त्रास र धम्कीमा नपरी स्वतन्त्ररूपमा विवेकपूर्ण निर्णय गरेर गरौँ ।

२५ असोज २०७९, मंगलवार १६:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु