NIC ASIA Bank Long Ad

केटा जिस्काउँदा

हामी सबैलाई थाहा भएकै कुरा हो । केटा ले केटी जिस्काउन्छन् भनेर तर तपाइले कहिल्यै कल्पना गर्नुभएको छ वा देख्नु भएको छ ? केटीले पनि केटा जिस्काएको ? प्राय गाउँघरतिर बिरलैमात्र देखिने यस्ता दृश्य उपत्यका जस्ता देशका सहरहरूमा भने देख्न पाइन्छ । बाटो छेउमा बसेर, चिया पसलमा बसेर केटाले केटी जिस्काउने चलन पुरानै हो । तर केटीहरूको पनि समुह हुदाँ केटालाई जिस्काउन पछि पदैनन् भन्ने केही उदाहरणहरू म सँग छन् ।

उदाहरण १. प्राय म सनिबार दर्शनको लागि मन्दिर जाने गर्दछु । त्यो दिन पनि सबेरै म बिहान मन्दिर गएको थिए । संकटामा शनिबार निकै लामो लाइन र भिडभाड हुने गर्दछ । म पुजाको सामाग्री लिएर लाइनमा बसेको थिए । म भन्दा अगि ४ जना केटिहरू पनि पुजाको सामाग्री हातमा लिएर हाँस्दै लाइनमा दर्शनको लागि पालो कुर्दै थिए । उनिहरूभन्दा ठिक अगि एकजना ह्याण्डसम युवक पनि दर्शनको लागि लाइनमै बसेका थिए । हेर्दा निकै जेन्टल ति युवक पनि एक्लै आएका रहेछन् । केटिहरूले पछाडिबाट के हो ? कस्को भाग्य चम्कने हो । दिन पनि राम्रो मान्छे पनि राम्रो भएपछि के चाहियोर भनेपछि ती युवकले फकेर हेरे तर केहि प्रतिक्रिया जनाएनन् । फेरी ति केटिहरूले धेरै भाउ खानु पर्दैन फेन्डसिप गर्दैमा के बिग्रेलार खै भनेपछि ती युवक लाइनबाट फर्केर पछाडि जाँदै थिए । फेर ियुवतिहरूले लाज लाग्यो कि के हो भन्दै थिए । युवक सुने सनुने झौ गरी पछाडि गएर बसे । ति केटीहरु भने हाँस्दै बिचरा लाजले भुतुक्कै भयो जे होस् केटा ह्याण्डस थियो भन्दै गफिन थालेका थिए ।

उदाहरण २.एकदिन न्यूरोडमा सपिङ गर्न गएको थिए । म भन्दा अघि केटीहरुको समुह थियो । उनिहरू ६/७ जनाको समुहमा थिए । त्यो रोड नै उनिहरूको जसरी बाटो नै ढाकेर हिडेका थिए । उसै त सधै भिडभाड हुने न्यूरोडमा त्यसरी हिडेपछि बाटो झन रिजभ झैंै भयो । उनिहरु आ आफ्नो ब्वायफ्रन्डको बिषयमा तारिफ गर्दै हिड्को थिए । बिषयमा नै गफ गरिहरेका थिए । उनिहरूको नजिकै म पनि भएकाले बोलेको कुरा सुनिने त भयो नै । अर्को साइडबाट २ जना युवकहरु आइरहेका थिए । त्यतिकैमा एकजना युवतिले भनि हालिन ओइ हेर्न कति ह्याण्डसम है ? अर्किले भनिन हो नि अझ बाटो ढाकेर हिड्न । ठोकिन नै लागेपछि २ मध्य एक युवकले भने के हो आँखा देख्दैन कि क्या हो ? युवतिले भनिन ह्याण्डसम देखेपछि आँखा पनि बिरामि हुँदो रहेछ । युवकहरु हाँस्दै गए ।

उनिहरुमध्य एउटिले भनिन् केटी ब्यायफ्रेन्ड हुनेले यसरी जिस्काउनु हुन्। अर्किले भनिन आँ मोरी हामि सँगै नहुँदा उनिहरुले पनि त जिस्काउन्छन् नि अनि अरुले ठिक भनिस भन्दै थिए । नेपालको संविधान २०७२, भाग–३ मौलिक हक र कर्तव्य अन्र्तगत धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने हकको उपधारा १ मा उल्लेख गरिएको छ – प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ । त्यसैले अरूलाई जिस्काउँदा हुने पीडा आफूले पनि महशुस गर्ने गरौं । बुढापाकाले भने झैं ठट्टा गर्दै गर्दा लट्टा पनि पर्नसक्ने भएकाले सब्य र सुरक्षित समाज निमार्णको लागि पहिले आफू सब्य बनौँ ।

 

१३ चैत २०७८, आइतवार ११:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु