NIC ASIA Bank Long Ad

चमत्कारको चक्कि !

सफलता बोगटी- जन्मेका दिन हामी कम्जोर थियौ र मरेका दिन पनि कम्जोर नै हुन्छौ । तर जन्म र मरणको विचको जिवनमा हामी कति हो कति घाइते भएका छौ । घाऊका खत त मनभरी र जिउभरी कति छन कति । उत्तरी धु्रबका देशहरुमा दुख भन्ने कुरा मान्छेले जानेकै हुदैनन् । किनभने उनिहरु जे छ त्यसैमा रमाउने संस्कारमा हुर्केका हुन्छन । उत्तरी ध्रुबको चिसोमा पनि उनिहरु पातलो लुगा लगाएर काम गर्छन । हामीलाइ त यसो जाडो हुनासाथ सिरक भित्र पसेर निदाइ सक्छौ । अथवा जेछ त्यसमा रमाउदा दुख नै हुदैन । हामी दुखबाट एकै चोटी चमत्कार खोज्दछौ । हामी तत्कालै ठुलो भाग खोज्छौ । तर ठुलो भाग छु मन्तर गरेर कहिल्यै पाइन्दैन ।

चमत्कार होस भन्ने खोजीले हामी बढि दुखित भएका छौ । तर चमत्कारको चक्कि कसैको जिवनमा कहिल्यै र कतै हुदैन । चमत्कार त क्षणिक मनोरन्जनमा मात्र हुन्छ । रक्सीहाहरु, यौन पिपासुहरु र धनका लोभिलाइ क्षणिक चमत्कारी मानिन्छन । वास्तवमा यो जिवनमा ध्यान, तत्परात र होस नै चमत्कारी हुन । दुखका कदहरु बढाएमा मात्र दुख हट्छ अथवा कठिनाइहरु बढाउदा नै सुख मिल्छ । हाम्रो जिवनको मुख्य हाकिम चाहि को हो त ? कसले हाम्रो जिवनलाइ तँ यसो गर र उसो गर भनेर दिशा निर्देश गरी रहन्छ त । यस संसारमा पहिले देखि नै धु्रब ताराले दिशा भ्रम हुनवाट मानिसहरुलाइ जोगाएको छ । उत्तर अकाशतिर देखिने चम्कीलो ज्योतिको डल्ला नै धु्रव तारा हो ।

यो सधै अटल हुन्छ र त्यस तारालाइ उत्तर मानेर समुन्द्रमा यात्रा तय गरीन्थ्यो । हामी सधै आजको भन्दा पनि अर्को गतिलो भाग्य आउछ भनेर भौतारी रहेका हुन्छौं । हामी सोच्छौ अब केहि दिनमा नै मलाइ ठुलो भाग मिल्छ, धन मिल्छ, श्रीमान वा श्रीमति मिल्छ, गाडी बाइक मिल्छ, विदेश डुल्न जाने मौका मिल्छ आदी । तर यि सबै कुरा वा सोचेको भन्दा ठुलो भाग्य अहिलेको अवस्थाले नै बोकेर ल्याएको छ , तर हामी चिन्नै सकदैनौ । जिवनमा खुशि खोज्दै हिड्ने होइन । जिन्दगिसंग जे भए पनि रमाउने मात्र हो । हामी सबै जना सधै भन्ने गर्छौ म यस काम कुराको जिम्मेदारी छैन । यसरी हामी गरेको कामबाट पनि सधै तर्कन्छौ । यो काम गर्दा यस्तो भएमा म त्यसको जिम्मेवार छौन भन्ने त बानी नै भइ सक्यो । यो सबै मैले गर्दा भएको हो र यो सबैको पुर्ण जिम्मेवारी म मात्र लिन्छु भनेर हामी कहिल्यै भन्न सक्दैनौ । हामी सधै कामको पुर्ण जिम्मेबारी लिन डराउछौ ।

यसो गरेपछि हामीले जिवनसंग पुर्ण रुपमा स्वीकार्ने शक्ति हटेर जान्छ । कुनै कामको पुर्ण रुपमा जिम्मा नलिन्दा आफ्नो शक्ति अरुमा सरेर जान्छ । यसो गर्नु भनेको आफनो रैथाने शक्ति सित्तैमा अरुलाइ दिनु हो । अथवा हाम्रो बाटोमा अरु नै हिडिदिए राम्रो हुन्छ भन्नु हो । संसारमा तपाइका लागि कोहि राम्रो छ भने त्यो उर्जा तपाइमा मात्रै छ, तपाइको हि तगर्ने परम उर्जा तपाइ बाहेक अरु कोहिसंग पनि हुदैन । तपाइको आन्तरीक शक्तिको कारणले तपाइलाइ अरुले कहिल्यै प्रयोग गर्न सक्दैनन् । इतिहासका सफल योद्धाहरु पनि हामी जस्तै साधारण मान्छे मात्र हुन । उनिहरु म यो काम फत्ते गर्छु भन्ने एकोहोरो धावन्नमा लागे र उपयोग पनि गरे । हात्तिको एकागता र प्रफुल्लता हुने स्वाभावले नै उसलाइ सधै बलियो बनाउदछ । बाहिर जे जस्तो भए पनि हामी भित्रैवाट स्थिर बन्नु पर्छ ।

सुनेका देखेका कुराले म छटपटाउनु हुदैन । चिसो बतास, चर्को घाम आदीले मन विगार्नु हुदैन । । हात्तीहर भनछन ः हाम्रा ५ ज्ञानेन्द्रियहरुले हाम्रा बिचार र ध्यानमा कुनै असर गर्न सक्दैनन् । हात्तिले खाना आएको बेलामा उसले अरु कुनै कुराहरुमा मन डुलाउदैन , उ खाना र रुचिमा मात्र ध्यान केन्द्रित गर्छ । हामीले भन्न र गर्न सक्नु पर्छ कि, म सधैं स्थिर र निश्चिल छु । मसंग अविचलीतपना र प्रसन्नपनाको भलबाढी नै छ । तर हामी सधै विचलित भएका छौ । मनको एकाग्रता बारम्बार खल्बलाएका छौ र हाम्रो आन्तरीक उर्जा माथि नियन्त्रण गर्न सकेका छैनौ । आफनै खेलमा आफै हारेका छौ । हाम्रा यि ५ इन्द्रियहरुले मनलाइ अनियन्त्रित बनाएका छन । कुनै काममा मन चञ्चल बनाउन साथ हामी सिधै हार्छौ । हामीले जिवनमा सबै कुराहरुको ठोकुवा गर्न सक्छौ ।

हामीले आँखा चिम्लेर हाम्रा जिन्दगिका घटनाहरु सम्झने हो भने एउटा घटनासंग तपाइ हामीले अवश्य हार स्वीकार गरेका छौ । यो दिनको हारसंगै हामीले सधैंको लागि अर्को बाटो बदलेका छौ । त्यो दिनको एउटा हार र पराजयले हामीलाइ थचक्कै बसाएको थियो । त्यस दिनबाट हामीले गर्दै गरेका व्यावसाय छाडेका थियौ । गरी रहेको काम नै छाडेका थियौ । हामीलाइ त्यस दिनको एउटै हारले महनाता प्राप्त गर्नबाट वन्चित गरेको थियो । हामी त्यो दिनको पराजयसंग सारै डराएका थियौ । तर हिमाल आरोहीहरुसंग हिमाल आरोहरणको तिव्रता भन्दा मनमा अरु केहि कुराहरु आउदै आउदैन । उनिहरुलाइ खास बाटो, सिकाइ र मौसमले साथ नदिए पनि उनिहरु पछि हट्दैनन । एउटा सानो टुक्रा धुन निकाल्न संगितकारहरु बर्षै सम्म अभ्यासमा लाग्दछन । जिवनमा सफलता पाउन निरन्तर सहि बाटो, मौसम र मनलाइ अगाडी बढाउनु पर्छ ।

जिवनमा पराजय जत्रो भेटिन्छ, सिकाइ पनि त्यत्रै पाइन्छ । सबैका जिवनमा पराजय ठुलो गुरु हो । पराजय नै सबै कुरा हो । जिवनमा पुरै पराजय बोकेर फर्कन सक्नुपर्छ । पराजयबाट सिक्ने पाठ भनेको पराजय पछि हामीले जिवनमा अभ्यास, अभ्यास र कडा अभ्यासले मात्र त्यहि काम गर्नुपर्छ । प्रयास र अभ्यास पछि तिम्राहाम्रा लागि ति कठिन क्षणहरु नै पहिलो विजय बनेर आइदिन्छन । हामीले कहिले सफलता पाउला भनेर पालो पर्खन नै पर्दैन । लगातार र निरन्तरको अभ्यास नै जिवनको एउटा उत्तम राजमार्ग हो । यसले नै सर्बाधिक मान्छेहरलाइ सफल बनाउदछ । तपाइको मनका साना र छोटा प्रयासहरुले तपाइको जिवनमा केहि लछारपाटो लगाउदैनन् । जिवनमा सफलता पाउने अचुक विधि भनेको निरन्तरता र अभ्यास मात्र हो ।

American Psychological Association ले प्रकाशन गर्ने मासिक पत्रिका Personality and Social Psychology मा भनिएको छ प्रतिकुलता बेहोर्नेहरुले जिवनका उताव चढावलाइ असाध्यै रमाइलो पारामा विताउदछन । अगाडीका परजय र पिडाको भोगाइले पछाडीको जिवनलाइ अति नै सुन्दर र व्यावहारीक बनाउदछ । जिवनमा चिप्लेर पनि उठ्न सक्नु पर्छ, यसरी उठे पछि हिड्न सक्नु पर्छ । आरोहिहरुको हिम शिखरसंगको पराजय नै शिखरको विजय हो । जिवनमा पराजय भनेको नयाँ प्रयास गर मात्र भनिएको हो । जिन्दगिसंगको अभ्यास अभ्यास र अभ्यासमा मात्र केन्द्रित भए पछि असम्भव त केहि लाग्दैन र हुदैन पनि । आफ्नो काम बाहेक अरु केहिमा ध्यान दिने नै होइन ।

जिवनमा ज्ञानी र धनि बन्ने हो भने अभ्यास मात्र एउटा एउटा र एउटा शुत्र हो । कर्मले असल र खराब केहि हुदैन । खराव र असल भनेको उसले गरेको कामको अरुले गरेको मुल्याङ्कन मात्रै हो । सबै कामहरु अभ्यास बढि भए ठिक र अभ्यास कम भउ वेठिक हुने मात्र हुन । त्यसैले जिवनमा कसैको घृणाले आतिनु र कसैको मायाले मात्तिनु आवश्यक नै छैन । यो संसारमा जे छ त्यहि ठिक छ । तिमी जे बेच्छौ त्यहि बिक्छ । सर्बोच्च जिवनका लागि तिमीले जे गरे पनि हुन्छ । तर मन र शरिर एकिकृत गरेर एउटै मात्र काम गर । काम गर्दा अरु कसैको केहि हेर्ने होइन । ऐनकेन प्रकारेण महापुरुष भव ः –(तिमी जे गरेर भए पनि महापुरुष बन)

(लेखका लागि सबै प्रकारका सन्दर्भहरु प्रति आभारी छु ।)

१ फागुन २०७८, आइतवार १२:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु