थाहा गोल्डकप – सेमिफाइनल समीकरण पूरा
थाहा नगरपालिकाको इन्द्रायणी चौर खेल मैदानमा थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा संचालन भैरहेको चौथो थाहा गोल्डकप प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ।
सेमिफाइनल चरणमा माउन्टेन एफसी,तारुका एफसी,थाहा नगरपालिका तथा पारिजात स्पोर्ट्सले स्थान पक्का गरेका छन।आज भएको अन्तिम क्वाटरफाइनलमा तारुका एफसीले चन्द्रागिरी स्पोर्ट्स लाई र थाहा नगरपालिकाले थाहा पोलिटेक्निक लाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो।
भोलि हुने सेमिफाइनल खेलमा माउन्टेन एफसी र तारुका बीच पहिलो सेमिफाइनल हुने छ भने दोस्रो सेमिफाइनल आयोजक थाहा नगरपालिका र पारिजात स्पोर्ट्स बिच हुने आयोजक समितिका सदस्य यादव जंग रायमाझीले जानकारी दिनुभयो ।
प्रतियोगिताको फाइनल खेल भने माघ ५ गते हुने आयोजकले बतायको छ। प्रतियोगितामा प्रथम हुनेले नगद २ लाख सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन भने उपबिजेताले १ लाख प्राप्त गर्ने छन ।बिधागत उत्कृष्ट हुने खेलाडिहरुलाई नगद तथा ट्रफी प्रदान गरिने छ।
२ माघ २०७९, सोमवार २०:०४ बजे प्रकाशित