NIC ASIA Bank Long Ad

बज्रबाराहीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, १४ विद्यालय सहभागी

थाहा नगरपालिकाको आयोजना तथा बज्रवाराही माबिको व्यवस्थापनमा आजबाट राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयरकप भलिबल प्रतियोगिता सुरु भएको छ।
थाहा नगरपालिका वडा न ६ मा अवस्थित बज्रबाराही माबिको प्रागणबाट सुरु भएको प्रतियोगिताको थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले औपचारिक उद्घाटन गरेका छन ।नगर खेलकुद बिकास समितिका संयोजक टिकाराम स्याङ्तानको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा प्रमुख अतिथी नगर प्रमुख बिष्ट ,थाहा नगर शिक्षा समिति संयोजक तथा वडा न ६ का अध्यक्ष राजनभक्त श्रेष्ठ,वडा न १ का अध्यक्ष हेरमान गोपाली,थाहा नगर शिक्षा शाखाका अधिकृत माधवबिक्रम मल्ल,विद्यालय व्यवस्थापन समिती बज्रबाराही माबिका अध्यक्ष कल्पना बलामी,संस्थापक अध्यक्ष कृष्णभक्त श्रेष्ठ ,लगायत विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्षहरु,विभिन्न संघ संस्थाका प्रतिनिधि,सहभागी विद्यालयका प्रधानाध्यापक,खेलाडी ,खेल शिक्षक तथा विद्यार्थीहरुको उपस्तिथि रहेको थियो।
व्यवस्थापक विद्यालयका प्रअ रमेशमान डङ्गोलले स्वागत गर्नुभयको उद्घाटन समारोहलाइ सम्बोधन गर्दै प्रमुख अतिथी नगर प्रमुख बिष्टले ले खेलकुद क्षेत्रको विकासका लागि थाहा नगरपालिकाको बजेट कम भएको महसुस गरेकोले बजेट व्यवस्थापन गरी खेलकुदमा लगानी बढाउनुपर्ने बताए  ।

खेलकुदको माध्यमबाट थाहा नगरको पहिचान गराउन खेलाडीहरूले खुलेर प्रतिस्पर्धा गर्नुपर्ने र आफ्नो छुट्टै पहिचान देखाउनु पर्ने उनले बताए  । खेलकुदको माध्यमबाट पहिचान गराउन उत्कृष्ट खेलाडीलाई छनोट गर्नुपर्ने पनि बताए ।तेसको लागि नगरपालिकाले बजेट बिनियोजनमा ध्यान दिन नसकेको स्विकार्दै सिमित बजेटको बाबजुद पनि प्रतियोगिता संचालन र व्यबस्थापन गर्ने विद्यालय लाई धन्यवाद व्यक्त गर्दै खेलकुदको लागि बजेट बृद्दी गरी खेलमा विद्यार्थी हरुको लगावलाई तान्नुपर्ने आबश्यकता रहेको बताए ।
थाहा नगरपालिका भित्रका १४ वटा माध्यमिक विद्यालयको सहभागीता रहेको प्रतियोगितामा कराते,एथलेटिक्स,कबड्डी,भलिबल छात्रछात्रा लगायतका बिधा रहेका छन।
तेसैगरी आज भएको खेलमा मार्चपास तर्फ बज्रवाराही माबी प्रथम,पालुङ भ्याली हार्ट एकेडेमी दोश्रो भएको छ भने शटपुट छात्र तर्फ सुन्दरीदेवी माबी प्रथम,झम्केश्वरी माबी दोश्रो र जनकल्याण माबी तेश्रो हुन सफल भयो तेसैगरी आजै भएको शटपुट छात्रा तर्फ जनकल्याण प्रथम हुदा बागेश्वरी माबी दोश्रो र जनकल्याण माबी तेश्रो भयो ,भलिवल छात्र तर्फ बज्रबाराही माबी ले सुनौला लाई पराजित गरेको छ भने जनकल्याणले स्वच्छन्द भैरव माबिलाइ पराजित गर्यो,तेसै गरि भलिबल छात्रा तर्फ बज्रबाराहीले स्वच्छन्द भैरव माबिलाइ पराजित गर्दै दोश्रो चरणमा प्रबेश गरेको छ।
तेसैगरी कबड्डी छात्रतर्फ स्वच्छन्दले झम्केश्वरी माबिलाइ पराजित गर्यो भने छात्रा तर्फ इन्द्रायणी माबिले पालुङ भ्यालिलाइ पराजित गरेको छ।

८ पुस २०७९, शुक्रवार २१:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु