NIC ASIA Bank Long Ad

थाहामा जारी जिल्ला स्तरीय भलिबलको उपाधी आमभन्ज्याङलाई

थाहा नगरपालिकामा जारी पाचौं विनयबाबु स्मृति जिल्ला स्तरीय रनिङ शिल्डको उपाधी साविक बिजेता आमभन्ज्याङ युवा क्लवले हात पारेको छ।
आज भएको फाइनल खेलमा आयोजक विनयबाबु स्मृति प्रतिस्ठान लाई हराउदै आमभन्ज्याङले रनिङ शिल्डको उपाधी दोश्रो पटक आफ्नो कव्जामा पारेको हो।
प्रथम भएसंगै विजेता आमभन्ज्याङले नगद ५१ हजार ५१ रुपैया नगदका साथै शिल्ड,मेडल तथा प्रमाणपत्र हात पारे भने दोश्रो स्थानमा चित्त बुझाएर आयोजक विनयबाबुले २६ हजार २६ रुपैयाँ नगद सहित शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ।प्रतियोगितामा डि वाइ सि रुप्से तथा आग्रा स्पोर्ट्सले सान्त्वना पुरस्कार हात पारे।प्रतियोगितामा आग्रा स्पोर्ट्सका पुजन गुरुङ उदयिमान खेलाडी हुन सफल भए ,तेसैगरी बेस्ट ब्लकर विनयबाबु स्मृतिका राजाराम स्याङ्तान,बेस्ट डिफेन्डर आमभन्ज्याङ्का बुद्धिकृष्ण दंगाल,बेस्ट सेटर आमभन्ज्याङका अजय माझी भएभने बेस्ट स्पाइकर विनयबाबुको सबिन कार्की हुदा प्रतियोगिताको उत्कृष्ट खेलाडी आमभन्ज्याङका आशिष घलान हुन सफल भए प्रतियोगितामा बेस्ट कोचको उपाधिपनी आमभन्ज्याङका वीर बहादुर लामा हुन सफल रहे ।
बिजयी तथा उत्कृष्ट खेलाडीहरुलाइ प्रमुख अतिथी थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले पुरस्कार प्रदान गर्नुभएको थियो।
प्रतियोगिता संचालन गर्न आर्थिक सहयोग गर्ने दाताहरुलाई समेत कदरपत्र द्वारा सम्मान गरियको प्रतियोगिताको समापन समारोहमा नगरका राजनैतिक दलहरुका प्रतिनिधि,वडा अध्यक्ष हरु,लगायतका उपस्थिति रहेको थियो।
समारोह प्रतिस्ठानका अध्यक्ष शंकर कार्कीको अध्यक्षतामा भएको थियो।

८ कात्तिक २०७९, मंगलवार २२:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु