NIC ASIA Bank Long Ad

जिल्ला स्तरीय विच भलिबलको उपाधी विनयबाबु स्मृति प्रतिष्ठानलाई 

थाहा नगरपालिकामा असोज १४ गतेदेखि जारी प्रथम जिल्ला स्तरीय विच भलिबलको उपाधी विनयबाबु स्मृति प्रतिष्ठानले उचालेको छ।
आज भएको फाइनल खेलमा विनय वाबुले किङ्स ब्रदर्स टिमलाई हताउदै उपाधी आफ्नो पोल्टामा पारेको हो ,बिजयी भएसंगै विनय बाबुले नगद ५० हजार सहित मेडल,प्रमाणपत्र र ट्रफी हातपार्यो भने दोश्रो हुने किङ्स ब्रदर्सले नगद २५ हजार सहित मेडल ,ट्रफी र प्रमाणपत्र प्राप्त गरे ,तेस्तै तेश्रो स्थान हातपार्ने टिम थाहा २ न वडा टिमले नगद १० हजार प्राप्त गरे।
प्रतियोगिताको उत्कृष्ट खेलाडी विनयबाबु स्मृति प्रतिष्ठानका वलराम पुडासैनी भए ,उनले नगद ५ हजार प्राप्त गरे भने प्रतियोगिताको अनुशासित टिम दाजुभाइ टिम थाहा २ हुदा नगद ५ हजार प्राप्त गरे ।
विजयी टिम तथा खेलाडीलाई फाइनल खेल समारोहका प्रमुख अतिथि थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले पुरस्कार प्रदान गर्नुभएको थियो।
विच भलिबल खेलका संयोजक युवराज बिष्टको अध्यक्षता तथा थाहा नगरका प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहमा नेकपा एमालेका नेतृ कल्पना वलामी,नेकपा माओवादी केन्द्र थाहा नगर अध्यक्ष बिनोद कुमार लामा,थाहा नगर खेलकुद विकास समिति संयोजक टीका स्याङ्तान,वडा न ४ का अध्यक्ष नारायण लामा ,३ वडा न १ का अध्यक्ष हेरमान गोपाली,३ का सदस्य कृष्णकुमार कार्की ,जनकल्याण माबिका प्रअ सानोभाइ कार्की ,थाहा नगर भलिवल संघका अध्यक्ष वसन्त गोपाली,पालुङ क्याम्पस व्यवस्थापन समिति सदस्य लक्ष्मण बिष्ट ,लगायतका उपस्तिथि रहेको थियो।
समापन समारोहमा अतिथिहरुले थाहा नगरपालिकाको पर्यटन प्रबर्द्धन गर्नको निम्ति यस्ता खाले प्रतियोगिताको आयोजना गरेकोमा आयोजकलाइ धन्यवाद व्यक्त गर्दै विजेता टिम तथा खेलाडीहरुलाई शुभकामना व्यक्त गरेका थिय।
प्रतियोगितामा नेपाल भलिवल संघका भुतपुर्व अध्यक्ष ,अन्तर्राष्ट्रिय खेलाडी तथा राष्ट्रिय रेफ्री प्रकाश थपलिया र राष्ट्रिय रेफ्री विनोद श्रेष्ठले निर्णायकको भुमिका निर्वाह गरेका थिय।
समापन समारोहमा प्रतियोगिता संचालन गर्न सहयोग गर्ने संघसंस्था तथा व्यक्तिहरुलाइ सम्मानपत्र द्वारा सम्मान गरियको थियो।

१७ असोज २०७९, सोमवार २०:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु