NIC ASIA Bank Long Ad

आईओईको चर्को शुल्क तत्काल र्फिता लिन स्ववियुको चेतावनी

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले चर्को शुल्क वृद्धिको निर्णय तुरुन्त फिर्ता लिनुपर्ने भन्दै स्वतन्त्र विद्यार्थी युनियनले चेतावनी दिएको छ । आईओईले गरेको शुल्क वृद्धिको विरोधमा नेविसंघ पुल्चोक इन्जिनियरिङ क्याम्पसका इकाई अध्यक्ष सुलभ चापागाईँ आमरण अनशनमा हुनुहुन्छ ।

तस्बिरः स्ववियु नेपाल ल क्याम्पसको फेसबुक पेजबाट साभार ।

शुल्क वृद्धिको विरोधको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै स्वतन्त्र विद्यार्थी युनियन नेपाल ल क्याम्पसका सभापति एवं त्रिवि सभाका आमन्त्रित सदस्य विष्णु ढुङ्गेलले विद्यार्थीको शिक्षा पाउने हकलाई नै कुठाराघात गर्ने गरी मनलाग्दी भरमा शुल्क बढाउन नपाइने चेतावनी दिनुभयो ।आईओईले २ लाख ८० हजारबाट वृद्धि गरेर शिक्षण शुल्क ७ लाख ७५ हजार पु¥याउनु चरम लापरवाही भएको भन्दै निर्णय तत्काल सच्चाउन उहाँले सुझाव दिनुभयो ।

शुल्क वृद्धि विरोधमा मंगलबारबाट सुरु गरिएको आन्दोलनमा स्ववियु, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत विद्यार्थी संगठनले साथ दिएका छन् । विद्यार्थीहरुले शुल्क वृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने जनाएका छन् ।

यसैबीच आईओईले साउन २५ गतेको निर्णयअनुसार २०५३ सालपछि शुल्क वृद्धि गरिएको जनाएको छ । वृद्धि भएको शुल्क आगामी शैक्षिक सत्रदेखि लागु हुने डिन कार्यालयले जनाएको छ ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) नेपाल ल क्याम्पसको उपाध्यक्ष ओम प्रकाश सुनार ,अखिल (क्रान्तिकारी) चक्रवर्ती ल कलेजको अध्यक्ष सम्भु पन्त नेशनल ल कलेजको अध्यक्ष भावना शाह तथा सचीब सुबास अधिकारी लगायतको उपस्थिती थियो ।

स्वतन्त्र विद्यार्थी युनियन नेपाल ल क्याम्पसले जारी गरेको विज्ञप्तिको पूर्णपाठः

८ भदौ २०८०, शुक्रवार २१:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु