NIC ASIA Bank Long Ad

राष्ट्रपति निर्वाचन २५ फागुनमा

संविधानको धारा ६३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल पाँच वर्ष तोकिएको छ । आयोगले संविधानमा नै राष्ट्रपति र उपराष्ट्रपतिको पदावधि पाँच वर्ष तोकिएकाले पदावधि कायम रहँदा नै नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको शपथका विषयमा अन्योलता देख्दै आएको हो ।

सो विषयमा आयोगले गत १८ पुसमा प्रधानमन्त्री प्रचण्ड र सरकारका मन्त्रीसँग छलफल गरेको थियो । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको अनुसूचीअनुसार देशको कुल जनसंख्यालाई संघीय सांसदको कुल संख्याले भाग गर्दा आउने भागफललाई १ हजारले भाग गर्दा जुन नम्बर आउँछ, त्यो नै एक संघीय सांसदको मतभार हुन्छ । प्रदेशसभा सदस्यको मतभार पनि यही प्रक्रियाबाट तय हुन्छ ।

कांग्रेसले आफ्नै उम्मेदवार उठाउने
नेपाली कांग्रेसले आगामी फागुनमा हुने राष्ट्रपति पदको निर्वाचनमा आफ्नै उम्मेदवार तयार गर्ने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सोमबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले राष्ट्रपति पदका लागि आफ्नै दलबाट उम्मेदवार उठाउने निर्णय गरेको हो ।

कांग्रेस पूर्वमहामन्त्री डा. शशांक कोइरालाले आगामी राष्ट्रपतिका लागि कांग्रेसले आफ्नै उम्मेदवार उठाउने र त्यसका लागि अन्य दलसँग पनि संवाद गर्ने निर्णय भएको जानकारी दिए । ‘हामी आगामी राष्ट्रपतिमा आफ्नै उम्मेदवार उठाउँछौं, बैठकमा राष्ट्रपति पदमा उम्मेदवारी दिने र त्यसका लागि अन्य दलसँग पनि छलफल गर्ने निर्णय भएको छ,’ कांग्रेस पूर्वमहामन्त्री कोइरालाले राजधानीसँग भने ।

बैठकमार्फत कांग्रेसले कुनै पनि बहानामा राष्ट्रपति निर्वाचन नसार्न सरकार र निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउने पनि निर्णय गरेको छ । कांग्रेसले राष्ट्रपति तथा उपराष्ट्रपति पदको निर्वाचन समयमै हुनुपर्ने भन्दै कुनै पनि बहानामा सार्न नसकिने भनेको हो । ‘राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ, कुनै पनि कारणबाट यसलाई पछि सार्ने काम हुनुहुन्न,’ बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने । राजधनीबाट

१० माघ २०७९, मंगलवार १०:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु