https://election.gov.np/
NIC ASIA Bank Long Ad
Global IME Bank Long Ad

थापा र डीनालाई हराउँदै मकवानपुरमा दीपक सिंहको ऐतिहासिक जीत

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बहादुर सिंह निर्वाचित भएका छन् । मतगणनाको क्रममा लगातार तेस्रो स्थानमा रहेका सिंहले अन्ततः पहिलो स्थानमा उक्ली जीत सुनिश्चित गरेका हुन् ।

सत्ता गठबन्धनकी उम्मेदवार महालक्ष्मी उपाध्याय डीना र सूर्य चिन्ह लिएर उठेका कमल थापालाई हराउँदै सिंह निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ । सिंहले २७८१६ मतसहित बाजि मारेका हुन् ।

पटकपटक संसदीय निर्वाचनमा पराजय भोगेका सिंहको यो ऐतिहासिक जीत हो ।उनी गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा राप्रपाबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा पराजित भएका थिए ।

८ मंसिर २०७९, बिहीवार १३:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु