NIC ASIA Bank Long Ad

मकवानपुर क्षेत्र १ मा राप्रपाका दिपक सिंह जित नजिक

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको तर्फबाट मकवानपुर क्षेत्र नंबर १ का उम्मेदवार दिपक बहादुर सिंह जित नजिक पुगेका छन् ।

हालसम्म गणना भएको ८४ हजार ५ सय ६८ मतमा सिंहले २५ हजार ६५ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्यय डिनाले २४ हजार ३ सय ३० मत ल्याएकी छिन् । एमालेका कमल थापाले २३ हजार ७ सय १४ मत प्राप्त गरेका छन् ।

अहिले वडा नंबर हेटौँडाको ९ र १२ मा गणना भैरहेको छ । जहाँ दिपक सिंहको ठुलो अग्रता छ भने १० नंबर वडाको मतगणना भएको छैन् ।

८ मंसिर २०७९, बिहीवार १२:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु