NIC ASIA Bank Long Ad

अधुरा कार्य पुरा गर्न मेरो उम्मेद्वारी : मोक्तान

नेकपा (माओबादी केन्द्र)की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चार्ज तथा प्रदेश सभा मकवानपुर २ (क) उम्मेद्वार मोक्तानले आफुले शुरु गरेका अधुरा कार्यहरु पुरा गर्नका लागि आफुले उम्मेद्वारी दिएको बताउनुभयो । उहाँले जनतालाई “नाना, खाना र छाना” को राम्रो ब्यवस्थापन भई नसकेको अवस्थामा मत पाउनकै लागि सोझा जनतामाझ भ्रम छरी अनावश्यक सपना देखाएर झुट नबोल्ने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “लामो संघर्ष र आन्दोलनले राजनैतिक ब्यवस्थामा परिवर्तन आएको र अब जनताको सामाजिक सांस्कृतिक अवस्थामा परिवर्तन ल्याउनको लागि यो निर्वाचन निर्णायक हुने भएकोले गठबन्धनका उम्मेद्वारहरुलाई ईमान्दार भई मतदान गर्नुहोस ।”

संघीय ब्यवस्थाको रक्षा र संस्थागत विकासको लागि गठबन्धनका उम्मेद्वारहरुलाई बिजयी गराउन मोक्तानले अनुरोध गर्नुभयो । मोक्तानले भन्नुभयो, “मेरो उम्मेदवारी केवल सांसद वा मन्त्री हुनलाई मात्र होइन, सु–संस्कृत र असल समाज निर्माण गर्नका निमित्त हो ।”

१५ कात्तिक २०७९, मंगलवार १२:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु