NIC ASIA Bank Long Ad

जनहित बिपरित कुनै काम गरिने छैन : कुमारी मोक्तान

नेकपा (माओबादी केन्द्र) की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चार्ज तथा प्रदेश सभा मकवानपुर २ (क) उम्मेद्वार मोक्तानले आफुले जनहित बिपरित कुनै काम नगर्ने बताउनुभयो । उहाँले जनभावना अनुसार संस्थागत रुपमा योजना बनाई बिकासका योजना ल्याउने बताउनुभयो ।

आईतबार थाहा नगरपालिकामा सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) थाहा नगर कमिटिको बिस्तारित बैठकमा मोक्तानले लामो संघर्षका कारण ब्यवस्था परिवर्तन भएको र अब अवस्था परिवर्तनको लागि गठबन्धनका उम्मेद्वारहरुलाई मतदान गर्न अनुरोध गर्नुभयो ।

प्रदेश सभा मकवानपुर २ (क) उम्मेद्वार समेत रहेकी मोक्तानले यस क्षेत्रको बिकासको लागि आफु तत्पर भएको बताउनुभयो । यस क्षेत्रको बिकासको लागि गुरुयोजना बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

मोक्तानले राजनितिक हिसाबले स्वाभिमानी र एजेन्डाको हिसाबले सहि ब्याक्तित्व गठबन्धनका उम्मेद्वार भएकोले इमान्दार भएर मतदान गरि बिजयी गराउन कार्यकर्ताहरुलाई अनुरोध गर्नुभयो ।

संबिधान रक्षाको लागि भएको क्रान्तिमा अवस्थामा उभिने एकीकृत समाजवादी पार्टीका उम्मेद्वार बिरोध खतिवडालाई प्रतिनिधि सभामा र प्रदेश सभा सदस्य निर्वाचनमा माओबादी केन्द्रका उम्मेद्वार आफुलाई मतदान गर्न मोक्तानले अनुरोध गर्नुभयो ।

बैठकको अन्तिममा नेकपा (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य तथा मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार बिरोध खतिवडाले आफुले प्रचारको लागि भन्दा पनि साँचो बिकासको लागि प्रतिबद्ध भएको बताउनुभयो ।

उहाँले ऐलेको सरकार संबिधान अनुसार बनेकोले भ्रमको पछि नलाग्न आम मतदातालाई अनुरोध गर्नुभयो ।

नेकपा माओबादी केन्द्र थाहा नगर अध्यक्ष बिनोद कुमार लामाको अध्यक्षतामा भएको बिस्तारित बैठकमा, माओबादी केन्द्रको केन्द्रिय सदस्य प्रल्हाद लामिछाने, प्रदेश कमिटि सचिवालय सदस्य बिष्णु बिष्ट, प्रदेश कमिटि सदस्य ज्योति रायमाझी, लबशेर बिष्ट, इन्द्र बहादुर श्रेष्ठ, जिल्ला समन्वय समिति संयोजक शर्केश घलान लगायतको आतिथ्यता रहेको थियो ।

नेकपा माओबादी केन्द्र थाहा नगर सचिब लक्ष्मण बिष्ट संचालन गर्नुभएको बैठकमा जनबर्गिय संगठनका केन्द्रिय, प्रदेश, जिल्ला कमिटिका पदाधिकारीहरु, नगर कमिटि सदस्यहरु, वडा कमिटि पदाधिकारी, पार्टी सदस्यहरुको उपस्थिति रहेको थियो ।

१३ कात्तिक २०७९, आइतवार १६:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु