NIC ASIA Bank Long Ad

मकवानपुरको १० पालिकामध्ये राक्सिराङ प्रथम

मकवानपुरको १० पालिकामध्ये विकट राक्सिराङ गाउँपालिका प्रथम घोषित भएको छ । स्थानीय तहहरुले वार्षिक रुपमा गरेको कार्य प्रगति मूल्यांकनमा राक्सिराङ प्रथम भएको हो । स्थानीय तह संस्थागत स्वमूल्यांकन कार्यविधि २०७८ को अंकभारसमेतको आधारमा ६३ दशमलव २ प्रतिशत अंक प्राप्त गरेको उल्लेख गर्दै सम्मानपत्र प्रदान गरिएको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजालगायतले गाउँपालिकालाई सम्मानपत्र हस्तान्तरण गरेका थिए ।  गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले संयुक्त रुपमा सम्मानपत्र ग्रहण गरेका थिए ।

२६ साउन २०७९, बिहीवार १०:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु