NIC ASIA Bank Long Ad

सहकारीका विकृति रोक्नुपर्नेमा मन्त्री पौडेलको जोड

बागमति प्रदेश भूमि ब्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री बलराम पौडेलले सहकारीमा भएका विकृति रोक्न अनुगमन आवश्यक भएको बताउनुभएको छ ।

हेटौंडामा भएको सहकारी ब्यवस्थापन सम्बन्धि २ दिने पुनर्ताजगी तालिमको समापनमा उहाँले सहकारीहरूको प्रभावकारी अनुगमन गर्न अधिकार सम्पन्न समिति बनाउने बताउनुभयो ।
कार्यक्रममा बागमति प्रदेश सहकारी बिकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देबकोटाले सहकारीहरूको क्षमता विकासको लागि तालिमहरूको ब्यवस्था गरिने बताउनुभयो ।

कार्यक्रममा जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका अध्यक्ष बाशुदेब अधिकारी, जिल्ला बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका अध्यक्ष रामहरी न्यौपाने लगायतले धारणा राख्नुभएको थियो ।

१४ असार २०७९, मंगलवार १३:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु