NIC ASIA Bank Long Ad

काउन्सिलको निर्देशन इमेज र जनता टिभीलाईः पत्रकारको पारिश्रमिक तत्काल दिनू

प्रेस काउन्सिल नेपालले श्रमजीवी पत्रकारको पारिश्रमिक तत्काल दिन सञ्चार गृहसँग आग्रह गरेको छ । इमेज च्यानल टेलिभिजन र जनता टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकारलाई तत्काल पारिश्रमिक उपलब्ध गराउन काउन्सिलले एक विज्ञप्तिमार्फत जोड दिएको हो ।

काउन्सिलअन्र्तगतको श्रमजीवी हित तथा कानुन उपसमितिको मङ्गलबार बसेको बैठकले पारिश्रमिक नदिइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्तो निर्णय गरेको हो ।

यस विषयमा काउन्सिलमा उजुरीसमेत परेकोले अध्ययन भइरहेको र थप यथार्थ बुझ्न स्थलगत निरीक्षण पनि गरिने वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कुनै पनि सञ्चार गृहबाट श्रमजीवी पत्रकारको सेवा सुविधा रोक्ने, सेवाबाट निष्काशन गर्ने कार्य नगर्न/नगराउन पनि काउन्सिलले सम्बद्ध सबै पक्षसँग आग्रह गरेको छ ।

 

 

 

१४ असार २०७९, मंगलवार १३:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु