NIC ASIA Bank Long Ad

सहकारी लेखा ब्यवस्थापन तालिम शुरु

मकवानपुर जिल्ला सहकारी संघ लि. को आयोजना बागमति प्रदेश सहकारी बोर्ड को सहयोगमा सहकारी लेखा ब्यवस्थापन तालिम सुरु भएको छ ।
चार दिनसम्म संचालन हुने तालिमको बकैया गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्रीले प्रशिक्षकलाई तालिम सामग्री हस्तान्तरण गरि उद्घाटन गर्नुभयो । उद्घाटनकै क्रममा उपाध्यक्ष खत्रीले सहकारीमा आवद्ध भएपछि सहकारीको मर्म अनुसार उद्दमशिल कार्यमा लाग्न तालिममा सहभागीहरुलाई अनुरोध गर्नुभयो ।उहाँले उद्दमशिलताको बिकास गरि समतामुलक समाज निर्माणका लागि सहकारी अपरिहार्य भएको बताउनुभयो ।
तालिम उद्घाटनकै क्रममा उद्घाटन कार्यक्रमका बिशिष्ट अतिथि मकवानपुर जिल्ला सहकारी संघका सचिब दिनेश उपाध्यायले सहकारीको अर्थ सहकार्य भएको र सहकारीले सामाजिक जीवनस्तर उकास्न मद्दत गर्ने बताउनुभयो ।
उहाँले सहकारीका संचालक र कर्मचारीको क्षमता बिकासको लागि तालिम आयोजना गरेको बताउनुभयो । उपाध्यायले सहकारी अभियानलाई सार्थक बनाउन स्थानीय तहले सहयोग गर्न समेत अनुरोध गर्नुभयो। तालिम उद्घाटनका क्रममा बकैया गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष भुमल सिं घलान, ५ का अध्यक्ष लक्ष्मी जिम्बाले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
सहकारी संजाल बकैयाका अध्यक्ष सिताराम दाहालको अध्यक्षतामा एवम् मकवानपुर जिल्ला सहकारी संघका ब्यवस्थापक गोबिन्द दाहालले संचालन गर्नुभएको कार्यक्रममा संघका कर्मचारी राज कुमार के.सी.ले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
तालिममा बकैया, बागमती र मकवानपुर गढि गाउँपालिकामा भएका सहकारी संस्थाका संचालक तथा कर्मचारीहरुको सहभागिता रहेको छ ।

१२ असार २०७९, आइतवार १६:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु