NIC ASIA Bank Long Ad

आफूले प्राप्त गरेको मतको उच्च सम्मान गर्न उम्मेद्वारहरुलाई अनुरोध : लामा

 

नेकपा माओबादी केन्द्र थाहा नगर कमिटि अध्यक्ष बिनोद कुमार लामाले स्थानीय तह सदस्य निर्वाचनामा उम्मेदवार भएका सबैलाई आफूले प्राप्त गरेको मतको उच्च सम्मान गर्न अनुरोध गर्नुभएको छ ।

शनिबार एक बिज्ञप्ति जारी गर्दै लामाले भन्नुभयो : ‘लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन हो । निर्वाचनका क्रममा मतदाताका मत पाउनुहुने सबै उम्मेद्वारहरुलाई हार्दिक बधाई छ ।’

बिज्ञप्तिमा भनिएको छ, १० बर्षे माओवादी जनयुद्ध, जन आन्दोलन लगायतको आन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको संस्थागत बिकास र समावेशीतालाई स्थानीय तहको निर्वाचनले मजबुत बनाएको छ ।

‘गणतन्त्र स्थापना पछिको दोस्रो स्थानीय तहको निर्वाचन सम्पन्न भई जनप्रतिनिधिहरुले पदभार ग्रहण गरिसकेको अवस्थामा सबैलाई बधाई छ’: बिज्ञप्तीमा भनिएको छ ।

अध्यक्ष लामाले बिज्ञप्ती मार्फत भन्नुभयो, ‘हाम्रो गौरबशाली पार्टीको तर्फबाट थाहा नगरपालिकामा बिजयी भएका नगर प्रमुख, वडा अध्यक्षहरु, सदस्यहरु सबैलाई बधाई ज्ञापन गर्दछौं । पार्टीबाट निर्वाचित प्रतिनिधिहरुले जनभावनाअनुरूप जनताको सेवामा अहोरात्र खटी जनताको सेवकको रुपमा कार्य गर्नेमा हामी बिश्वस्त छौं।’

बिज्ञप्तीमा पार्टीका उम्मेदवारहरुलाई मतदान गरी बिजयी गराउने थाहा नगरपालिकाका सम्पुर्ण मतदाताहरु, निर्वाचन कार्यमा खटिने कर्मचारी, सुरक्षाकर्मी, संचारकर्मी सबैलाई हार्दिक धन्यवाद समेत ज्ञापन गरिएको छ ।

७ जेठ २०७९, शनिवार १९:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु