NIC ASIA Bank Long Ad

पत्रकारलाई सेवाबाट निष्कासन नगर्न/नगराउन काउन्सिलको आग्रह

श्रमजीवी पत्रकारहरूलाई पारिश्रमिक उपलब्ध नगराउने र सेवाबाटै निष्कासन गर्ने जस्ता कार्य केही सञ्चार गृहहरूले गर्दै आएकोमा प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण भएको छ । कोरोना सङ्क्रमणको समस्यालाई देखाएर पत्रकारको सेवा सुविधा रोक्ने र सेवाबाट निष्कासन गर्ने कार्य नियम, कानुन विपरीत भएकाले यस्तो कार्य नगर्न/नगराउन काउन्सिलले सम्बन्धित मिडियाहरूलाई आग्रह गरेको हो ।

काउन्सिल अन्र्तगतको श्रमजीवी पत्रकार हित तथा कानुन उपसमितिको हालै बसेको बैठकले नेपाल रिपब्लिका मिडिया प्रा.लि.द्वारा सञ्चालित नागरिक दैनिकमा कार्यरत तीन दर्जनभन्दा बढी श्रमजीवी पत्रकारको सेवा/सुविधा उपलब्ध नगराएको, सेवाबाट निष्कासन गर्न खोजेको जस्ता कार्यप्रति सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने निणर्य गरेको छ ।

नागरिक दैनिकमा कार्यरत श्रमजीवी पत्रकारहरूले व्यवस्थापन प्रति असहमति जनाउँदै गरेको आन्दोलनपछि पत्रकार र नागरिक व्यवस्थापनबीचको समझदारीको कार्यान्वयनका बारेमा समेत काउन्सिलले अनुगमन गर्ने निणर्य भएको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिनुभयो ।

यस्तै बैठकले देशभरका सञ्चार गृहमा कार्यरत श्रमजीवी पत्रकारको अवस्थाबारे अध्ययन गर्ने निणर्य समेत गरेको विज्ञप्तिमा जनाइएको छ ।

१८ साउन २०७८, सोमवार १७:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु