NIC ASIA Bank Long Ad

एक हजार कैदीको निःशुल्क स्वास्थ्य बिमा

कारागारमा कैदी जिवन बिताइरहेका करिव एक हजार जना कैदीहरुको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ ।

कारागार व्यवस्थापन विभाग महानिर्देशक काशीराज दाहालले केन्द्रीय कारागार, नख्खु कारागार र डिल्लीबजार कारागारमा रहेका कैदीको स्वास्थ्य बिमा गरेको विभागका जानकारी दिनुभयो ।

विभागका महानिर्देशक दाहालले कैदीबन्दीका सरकारले कैदीबन्दीको निःशुल्क उपचार गरिरहेको बिमा आबद्ध गराएर दायरा बढाइएको बताउनुभयो ।

उहाँका अनुसार पहिलो चरणमा एक वर्षदेखि माथि कैदी जीवन बिताइरहेका ९३३ जनाको स्वास्थ्य बिमा गरिएको छ ।

महानिर्देशक दाहालले दुई हजार ८५० जनाका लागि सरकारले बिमाका लागि बजेट विनियोजन गरे पनि कागजी प्रक्रियाका कारणले ९३३ जनाको मात्र बिमा गर्न सकिएको बताउनुभयो ।

३ फागुन २०८०, बिहीवार १२:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु