NIC ASIA Bank Long Ad

नयाँ घाँघर र दशैँ

आमा घरमा हुदाँ दशैं लाग्यो भनिन्थ्यो, नाचिन्थ्यो र उफ्रिन्थे । मामा घर जान पाउने भनेर रमाइन्थ्योे । मामा घर ढिलो जानु पर्दा आशु खसाएको, मामा घर जाने भनी रुदै कराएको, बाबा ले बजार बाट नयाँ घाँगर ल्यैदिनु हुदाँ खुशीले नाचेको झलझलि आखाँमा छ ।

घर छेउ बिधाललको प्राङ्गढमा पिङ खेलेको याद आयो । दशैं आयो आयो भन्दै म आफूलाई त साथीहरु नहुँदा कति खल्लो लाग्यो त्यसको सय गुणा खल्लो हजुरहरुलाई पनि लाग्दो हो । आमा मलाइ घरको यादले निकै सतायो ।

दुइ चार बर्ष अगाडी अगाडिका दशैंमा धेरै साथिहरु सँगै थिए । निकै रमाईलो हुन्थ्यो । दशैंमा गाउँमा भएको लठ्ठे पिङमा मच्चिनुको मज्जा अरुबेला कहाँ हुन्छ र रु पिङमा नै झुण्डिरहन मन लाग्थ्यो । साथीभाईहरुसँग बसेर गेट–दुगेदर गर्दाको मज्जा बेग्लै हुन्थ्यो । दशैंमा बाबा र आमाले शक्तिस्वरूपा देवीको पूजा गर्नुहुन्थ्यो ।

म नजिकै गएर टुलुटुलु हेरेर बस्ने गर्दथ्ये । त्यही शक्ति स्वरुपा उतार्दै बाबा र आमासँग प्रार्थना गरेको याद आयो । हो यति बेला दशैंको रौनक काठमाण्डौंमा पनि लागि सकेको छ । दुर्गामाताको पूजा गर्नेहरू गल्ली र चोकमा राखिएका मूर्ति अघिल्तिर लामलाग्न थालीसकेका छन् ।
जताततै गुञ्जिने मालश्री र भजन–कीर्तनले दशैं आगमनको संकेत गरिसकेको छ । खै ती साथीसंगी अनि पिङ खेल्दाका दौंतरी रु दशैंमा पिङ लगाएको, साथीहरु खै कहाँ छन् कहाँ रु कम्प्युटरको किबोर्ड चलाउँदा चलाउँदै मन भरी नमज्जा लाग्दो रहेछ ।

दुइ चार दिन भो खाना खान मन लागेको छैन । खाली गाउँघरको याद मात्रै पो आइरहन्छ । आमा,बाबा हजुरहरुसँग भेट नभएको पनि महिनौं भइसक्यो तर फोनमा भने सधैजसो गफ भैरहदाँ पनि भेटेको र सँगै हुनुभएको जस्तो नहुदो रहेछ । त्यसमाथि बाबाले फोनमा पटक पटक घर कहिले आउछौं छोरी भन्दै प्रश्न गरीरहनुहुदाँ जवाफ दिन गाह्रो पर्दो रहेछ ।
आमा हजुरको मायालु बोलीले छोरी चाडै आउनु भन्नुहुँदा रात काट्नै गाह्रो हुँदो रहेछ । दसैको बेलामा त प्रत्येक रातहरु हजारौं वर्षजस्तो लाग्दो पो रहेछ । चाँडो बिदा मिलाएर आउनु है भनेर भनिरहनु हुदाँ जवाफ दिन निकै असहज हुँदोरहेछ ।

हो ,मरो मनमा पनि एउटा अतृप्त इच्छा छ । आफूले पहिलो पाइला टेकेको जन्मस्थललाई स्पर्श गर्न । त्यो इच्छा यसपटक पूरा गर्न म हर सम्भव कोशिस गरीरहे छु । तर जन्मथलोको तरङ्ग यति चुम्बकिय हुँदोरहेछ कि कठिन भन्दा कठिन परिस्थितिमा पनि पाईलाहरु आफ्नै लयमा चल्दा रहेछन् । जे जस्तो भएपनि यसरी नै चित्त बुझाउनु पर्ने भयो । सबैलाई दशैंको शुभकामना ।

२९ असोज २०८०, सोमवार ११:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु