पत्रकार महिलाको क्षमता अभिवृद्धि राज्यको दायित्व
पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल नेपालले पत्रकार महिलाको दक्षता अभिवृद्धिका लागि काठमाडौँको एअरपोर्ट स्थित होटल जन्मभूमिमा आयोजना गरेको ३ दिने तालिममा यस्तो सुझाव आएको हो । काउन्सिलले पहिलो चरणमा बाग्मती प्रदेशका सबै जिल्लाका सहभागी पत्रकार महिलालाई तालिम दिएको हो सूचना, प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्माले पहिलो दिन उद्घाटन गर्नुभएको कार्यक्रममा विषयगत विज्ञहरु नसना बज्राचार्य, अरुण कार्की, मात्रिका पौडेल, जनक नेपाल, विधान श्रेष्ठ, विमला तुम्खेवासहितले मोबाइल र डेटा पत्रकारिता, समाचारका विभिन्न आयामबारे प्रशिक्षण दिनुभएको थियो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ५१ प्रतिशत महिला रहेकाले ३३ प्रतिशत महिलाहरुले मात्र महिलाको मुद्धा समेट्न नसक्ने बताउनुभएको छ । प्रेस काउन्सिल नेपालको अयोजनामा काठमाडौँमा भएको पत्रकार महिलाको क्षमता अभिवृद्धि (तालिम) कार्यक्रममा उहाँले पहिलो पटक सरकारको तर्फबाट महिलाको क्षमता विकासको लागि यस्तो कार्यक्रम भएकाले यो शुरुवात मात्रै भएको बताउनुभयो । नेपाल पत्रकार महासंघको डेटा अनुसार हाल २१ प्रतिशत महिला पत्रकारितामा रहेकाले देश विकास र समाज रुपान्तरणमा पत्रकार महिलाको अतुलनीय योगदान रहने बताउनुभयो । उहाँले राज्यले पत्रकार महिलाको विकासमा आवश्यक चासो लिएकाले क्षमतासँगै संरक्षण सम्वद्र्धन र दक्षता वृद्धिको लागि सातै प्रदेशमा कार्यक्रम गरीने बताउनुभयो । सोही अवसरमा मन्त्री शर्माले सामाजिक सञ्जाल सम्बन्धि निर्देशिका आजभोलिमै पारित हुने प्रकृयामा रहेकाले प्रविधिको दुरुपयोग नगरी सकारात्मक पक्षलाई समेटर पत्रकारिता गर्नुपर्ने बताउनुभयो । निष्पक्ष, स्वतन्त्र र सबल प्रेसले मात्रै लोकतन्त्रलाई मजबुत बनाउने भन्दै उहाँले प्रेस स्वतन्त्रतामार्फत स्वस्थ पत्रकारिता गर्न सकिने बताउनुभयो ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता हतारको पेसा भएको भन्दै हतारमै तथ्यपुर्ण सामग्री दिनसक्ने मात्रै यो पेसामा टिक्ने र बिक्ने बताउनुभएको छ । प्रेस काउन्सिल नेपालको आयोजनामा काठमाडौँमा भएको पत्रकार महिलाको क्षमता अभिवृद्धि (तालिम) कार्यक्रममा उहाँले काउन्सिलले प्रदान गरेको तालिमबाट आचारसंहितापुर्ण पत्रकारिताको विकास हुने विश्वास ब्यक्त गर्नुभयो । पत्रकारितामा लाग्नेले आफ्नो बारेमा कम र अरुको पेसाको बारेमा बढी जान्न खोज्दा आफ्नो पेसा धरायसी बन्दै भएको भन्दै उहाँले पहिले पत्रकारिताको सैद्धान्तिक र ब्यवहारीक ज्ञानमा आफूलाई अभ्यस्थ राख्न सक्नुपर्ने सुझाव दिनुभयो । मिडियामा महिला शहभागिता शमावेसीको अवस्था र पत्रकार महिलाको प्रविधि सम्बन्धी क्षमताको जानकारी लिने उद्धेश्यले कार्यक्रम गरीएको भन्दै उहाँले यो शुरुवात मात्रै भएकाले आगामी दिनमा अन्य प्रदेशमा पनि यस्ता कार्यक्रम गर्ने बताउनुभयो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मिडियामा महिला शहभागिता शमावेसीको अवस्था र पत्रकार महिलाको प्रविधि सम्बन्धी क्षमताको जानकारी लिने उद्धेश्यले कार्यक्रम गरीएको बताउनुभयो । डाटा जर्नालिजम मोबाइल जर्नालिजमसम्बन्धी तालिम प्रदान गरीने हुँदा सोही विषयसँग सम्बन्धित विज्ञ प्रशिक्षक रहने बताउनुभयो । डिजिटल पत्रकारिताको ज्ञानले पत्रकारलाई प्रतिस्पर्धामा आउन सहज हुने भएकाले सम्बोधन गर्न काउन्सिल तत्पर रहेको उहाँलेब ताउनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकार महिलालाई सबल, दक्ष र सक्षम बनाउनेको निम्ति यो कार्यक्रम महत्वपुर्ण सावित हुने बताउनुभयो । उहाँले पत्रकारितामार्फत जीवनको चित्र र चरित्र झल्कन सक्ने भएकाले राष्ट्रिय मुद्धाहरूमा महिलाले खेलको भुमिकाको प्रशंसा गर्नुभयो ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सँगिता खड्का
न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सँगिता खड्काले सरकारले महिलाको लागि क्षमता अभिवृद्धि कार्यक्रम ल्याउनु ठूलो उपलब्धि भएकाले यस्ता कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । मिडियालाई स्वअनुशासित गराउने, स्वनियमनमा राख्ने विषय चुनौतीपूर्ण रहेको भए पनि यसैबाट व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
काउन्सिलका बोर्ड सदस्य शरद अधिकारी
काउन्सिलका बोर्ड सदस्य शरद अधिकारीले सहजिकरण गर्नुभएको कार्यक्रममा, बोर्ड सदस्य चिरञ्जिवी मास्के लगायत बागमती प्रदेशका २० जना पत्रकार महिलाको सहभागिता छ । कार्यक्रम बुधबारसम्म सञ्चालन गरिने छ ।
बोर्ड सदस्य एवं प्रशिक्षक दुर्गा भण्डारी
बुधबारको तालिमको पहिलो सत्रमा काउन्सिलका बोर्ड सदस्य एवं प्रशिक्षक दुर्गा भण्डारीले पत्रकार आचारसंहिता, वर्तमान समयमा भएको पत्रकारिता तथा मिडिया कानुनको विषयमा प्रकाश पानुृभयो । उहाँले पत्रकार आचारसंहिताको विश्वमा भैरहेका अभ्यासदेखि र नेपालमा भएको अम्यासबारे चर्चा गर्दै मिडिया लिटरेसी बर्तामान समयको माग भएको बताउनुभयो । भण्डारीले मिडियालाई स्वअनुशासित गराउने, स्वनियमनमा राख्ने विषय चुनौतीपूर्ण रहेको भए बताउनुभयो । पत्रकार महिलालाई सबल, दक्ष र सक्षम बनाउनेको निम्ति यो कार्यक्रम महत्वपुर्ण सावित हुने बताउनुभयो । उहाँले पत्रकारितामार्फत जीवनको चित्र र चरित्र झल्कन सक्ने भएकाले राष्ट्रिय मुद्धाहरूमा महिलाले खेलको भुमिकाको प्रशंसा गर्नुभयो ।
वरिष्ठ पत्रकार एवं विषय विज्ञ युवराज घिमिरे
कार्यक्रमको तेस्रो दिन वरिष्ठ पत्रकार एवं विषय विज्ञ युवराज घिमिरेले श्रव्यदृश्य पत्रकारितामा भाषा–शैलीको महत्व सँगै विषयवस्तु, प्रस्तुति, समयबद्धता, गुणस्तरीयता, सम्प्रेषण, प्रविधिको प्रयोग, अडियन्स र सेवाग्राहीको सुझावलाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले मुलुकका राजनीतिक, आर्थिक, सामाजिक सांस्कृतिक घटनाको यर्थाततापरक सामग्री जनतालाई दिनु पत्रकारको कर्म भएकाले जुनसुकै विषयपनि समाचार हुने तर त्यसको उठान गर्ने तरीकाले अर्थ राख्ने बताउनुभयो । समय र प्रविधिको विकाससँगै पत्रकारिता पेसालाई पनि परिस्कृत गर्दै लैजानु पर्ने भन्दै घिमिरेले समयको मागसँगै छिटोछरितो र मल्टिमिडियायुक्त पत्रकारिता आजको आवश्यकता भएको बताउनुभयो । जनताका विषय र जनताका चाहना दुवैलाई प्रभावकारीरूपमा सम्प्रेषण गर्नुपर्ने भन्दै उहाँले समाचारलाई विश्वसनीय स्रोत मानेर जान सक्नेगरी आफूलाई प्रविधिसँगै परिस्कृत गर्दै लैजानुपर्ने बताउनुभयो ।
राष्ट्रिय समाचार समिति (रासस) कार्यकारी अध्यक्ष धर्मेन्द्र झा
कार्यक्रमको समापन सत्रमा राष्ट्रिय समाचार समिति (रासस) कार्यकारी अध्यक्ष धर्मेन्द्र झा ले अब समाचारको कुनै डेटलाइन नहुने भन्दै जुनसुकै घटनाका समाचार तुरुन्तै प्रवाह गर्न पत्रकार तत्पर रहनुपर्ने बताउनुभयो । उहाँले पत्रकारीताले परिष्कृत गर्न आगामी दिनमा पत्रकारलाई डिजिटल प्रविधिसँग खेल्न योग्य बनाउनुपर्ने बताउनुभयो । उहाँले राससमा समाचार पठाएको आएन भन्दै पत्रकारले गुनासो गर्ने गरेको भन्दै भन्नुभयो “राससले उत्पादन गरेका सामग्री आमजनतासँग बढीभन्दा बढी सेवा पु¥याई जनताको सुसूचित हुने लोकतान्त्रिक अधिकार भएकाले योग्य सामग्री मात्र राख्ने गरेका छौँ ।” अध्यक्ष झाले भन्नुभयो, “पत्रकारिता गर्नु जागिर गर्नु नभएर दायित्व निर्वाह गर्नु हो ।” सत्यका आधारमा तथ्यपरक खबर दिनु पत्रकारको धर्म भएको भन्दै उहाँले कारण र परिणामसहितको सूचना जनतालाई दिनु पत्रकारिता भएको उल्लेख गर्नुभयो ।
नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाह
नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाहले लोकतान्त्रिक अभ्यासमा विश्वास गर्ने आधार पत्रकारिता भएकाले पत्रकारले सत्य तथ्य र निष्पष्ँ समाचार दिनुपर्नेब ताउनुभयो । प्रेस काउन्सिल नेपाललले पत्रकारको लागि आयोजना गरेको तालिम प्रभावकारी भएको भन्दै हउाँले यसलाइृ निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो ।
रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी
रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपाललाई समयानुकूल र प्रतिस्पर्धी बनाउन प्रधिमिको ज्ञान र सिप आवश्यक हुने बताउनुभयो । उहाँले रेडियो नेपाल मुलुकको जेठो प्रसारण संस्था भएकाले यसले प्रयोग गर्ने भाषा शैली सरल र बोधगम्य हुनुपर्ने भन्दै रेडियो पत्रकारितालाई अब्बल बनाउन प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने बताउनुभयो । रेडियो नेपालले विभिन्न भाषालाई समेट्दै राष्ट्रिय एकताको श्रीवृद्धिमा समाचार, गीत, सङ्गीत एवं मनोरञ्जनका माध्यमबाट टेवा पु¥याउँदै आएको भन्दै उहाँले रेडियोपनि डिजिटल ल्पाटर्फममा गएको बताउनुभयो ।
गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा विष्णु सुवेदी
गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा विष्णु सुवेदी पत्रकारिताको स्वरूप परिभाषा फेरीएको भन्दै समयको माग अनुसारको पत्रकारिता वर्तमानको युगको आवश्यकता भएको बताउनुभयो । डिजिटल युग सुहाउँदो पद्धति तथा प्रवृत्ति अनुसरण गनसकेमात्रै पत्रकारिता पेसामा टिक्न सकिने भन्दै उहाँले काउन्सिलको ३ दिने तालिमबाट सिकोको ज्ञानलाई ब्यवहारमा उतार्नुपर्ने बताउनुभयो ।
विषय विज्ञ मातृका पौडेल
तालिमको पहिलो दिन विषय विज्ञ मातृका पौडेलले आजका समाचार र समाचारमा हुनुपर्ने गुणहरुबारे प्रशिक्षण दिनुभयो । उहाँले ब्रेग्रिङ्ग समाचारमा फलोअप, लङफर्म र छोटो अन्तवार्ता हुनसके अझ प्रभावकारी हुने बताउनुभयो । उहाँले अनलाइनमा लाइभ समाचार कसरी दिने र केके कुरा समेटने भन्नेबारे स्पष्ट पार्नुभयो ।
विषय विज्ञ जनक नेपाल
कार्यक्रममा विषय विज्ञ जनक नेपालले अनलाइन समाचार, कमेन्टका विकृति र वयवस्थापनबारे प्रशिषण दिनुभयो । उहाँले अनलाइनमा आएका सामग्रीमा आउने कमेन्टहरु सबै राख्न योग्य नहुने तर सबै कमेन्ट सेक्सन अफ गर्दा राम्रो कुरा ग्रहण गर्न नसकिने भएकाले आवश्यकता अनुसार राख्न मिल्ने र नमिल्ने गरउन सकिने विषयबारे जानकारी दिनुभयो । हाल नेपालमा साधन, स्रोत र लगानिको अभावमा अनलाइन पत्रकारितालाई ब्यवस्थापन चाहेर पनि गर्न नसकिएको बताउनुभयो ।
विषय विज्ञ विधान श्रेष्ठ
कार्यक्रममा विषय विज्ञ विधान श्रेष्ठले समाचारको उत्कृष्ठ सम्पादन र प्रविधिको प्रयोगका विषयमा प्रशिक्षण गराउनुभयो । उहाँले उत्कृष्ठ सम्पादनका गुणहरुबारे चर्चा गर्दै सम्पादनलेनै सामग्री हेर्न लायययको बनाउनेतर्फ ध्यान दिन सुझाउनुभयो ।
विषय विज्ञ नसना बज्राचार्य
कार्यक्रममा विषय विज्ञ नसना बज्राचार्यले मोबाइलबाट पत्रकारिता गर्दा कुन कुन प्राविधिक पक्ष अवलम्बव गर्ने भन्ने विषयमा अभ्यास गराउनुभयो । उहाँले मोबाइलकै भरमा अडियो, भिडियो, इन्फोग्राफिक्स देखि लिएर समाचार सम्पादन गर्न सकिने विषयमा प्रशिक्षित गराउनुभयो । उहााले फोटो लिदा कसरी लिने ? कस्तो एकंलबाट लिने र कसरी अनलाइनमा अपलोट गर्ने भन्नेबारे चर्चा गर्नुभयो ।
विषय विज्ञ अरुण कार्की
कार्यक्रममा विषय विज्ञ अरुण कार्कीले डेर्टा जर्नालिजमको अवधारणा तथा अभ्यासबारे प्रशिक्षित गराउनुभयो । उहाँले विश्वमा डेडा जर्नालिजमकै कारण ठूलो उपलब्धि हासील गरेको चर्चा गर्दे नेपालमा पनि डेटावेसमा जर्नालिजम गर्न सकिने बताउनुभयो । उहाँले डेडा सबैले बुझ्नसक्ने गरी प्रस्तुत गर्न सकेमा मात्र राम्रो हुने अन्यथा व्यर्थको कुनोबारे अभ्यास गराउनुभयो ।
सञ्चारीका समुहका अध्यक्ष विमला तुम्फेवा
कार्यक्रमको दोस्रो दिन विषय विज्ञ एवं सञ्चारीका समुहकि अध्यक्ष विमला तुम्फेवाले पत्रकार महिलाले देशको हितमा जनताको पक्षमा र समृद्धिको पक्षमा कलम चलाएको पत्रकार महिलाको संरक्षण राज्यको दायित्व भएको उल्लेख गर्नुभयो ।
उपसंहार
काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले सहजिकरण गर्नुभएकोकार्यक्रमको व्यवस्थापन पाटो उपप्रशासकीय अधिकृत सविता ढकालले गर्नुभएको थियो । समापन सत्रमा कार्यक्रमको प्रभावबारे सहभागिहरुको धारणा बुझने प्रयासस्वरुप फम फिलोअप गराइएको छ । अधिकांस सहभागिले तालिम निकै अर्थपुर्ण र प्रभावकारी भएको भन्दै तालिमबाट सिकेको ज्ञानलाई ब्यवहारमा उतार्ने बताएका छन् । तालिममा बागमती प्रदेशका २० जना महिला पत्रकार सहभागि थिए । तामिलममा सहभागिलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
२९ असोज २०८०, सोमवार ११:३२ बजे प्रकाशित