NIC ASIA Bank Long Ad

संविधानको मर्मअनुसार राजनीतिक नेतृत्व चल्नुपर्ने‐ स्ववियु सभापति ढुङ्गेल

संविधान दिवसको अवसरमा स्वतन्त्र विद्यार्थी युनियन नेपाल ल क्याम्पस (स्ववियु) ले शुभकामना सन्देश जारी गर्दै राजनीतिक परिवर्तनका खातिर जीवनको उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धासुमन ब्यक्त गरेको छ । स्ववियु नेपाल ल क्याम्पसका सभापति विष्णु ढुङ्गेलद्धारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ, “संविधानको कार्यान्यवनको चुनौतिको सामना गर्दै देश र जनताको हितको निम्ति चुनौतीलाई अवसरकोरूपमा लिनु आजको आवश्यकता हो ।”

स्ववियुले जारी गरेको वज्ञप्ति

यस्तै नेपाल ल क्याम्पस अखिल क्रान्तिकारीले संविधान दिवस, २०८० को शन्दर्भमा शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ । बिहान भएको कार्यक्रममा संघीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले ल्याएको परिवर्तनका उपलधिबारे समिक्षा भएको छ ।

शुभकामना मन्तव्यकैक्रममा (स्ववियु) सभापति ढुङ्गेलले संविधानको मर्म र भावनाअनुसार राजनीतिक नेतृत्व चल्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले नेपालको विद्यमान संविधानले नागरिकका मौलिक हक र लोकतान्त्रिक राज्यव्यवस्थाको प्रत्याभूति गरेकाले समृद्धि र सामाजिक न्यायको गन्तव्य संविधानमार्फत सुनिश्चित गरिएको स्पष्ट पार्नुभयो ।

स्ववियु सभापति ढुङ्गेल मन्तव्य राख्नुहुँदै

कार्यक्रममा समानुपातिक समावेशी प्रतिनिधित्व संविधानको महत्वपूर्ण अन्तरवस्तु भएको, जनताले आर्थिक, सामाजिक स्तरमा लोकतन्त्रकै प्रत्याभूति गराउने सन्दर्भमा अपेक्षा गरेअनुसार नभएकोमा असन्तुष्टि फैलिएको भन्दै वक्ताहरुले यस्ता भ्रमहरूलाई चिर्न सक्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा (स्ववियु) तथा अखिल क्रान्तिकारीका पदाधिकारीसहित नेपाल ल क्याम्पसका विद्यार्थीहरूको उल्लेखनीय शहभागिता थियो ।

शुभकामना कार्यक्रममा लिइएको सामुहिक तस्बिर

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गर्नुभएको थियो । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ ।

३ असोज २०८०, बुधवार १६:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु