NIC ASIA Bank Long Ad

अनलाइनका सम्पादक र सञ्चालकलाई अभिमुखीकरण

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार क्षेत्रलाई मर्यादित र विश्वासयोग्य बनाउन सम्पादक र सञ्चालक दुवैको उत्तिकै भूमिका रहने बताउनुभएको छ । काउन्सिलद्वारा आइतबार आयोजित पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रममा उहाँले मिडियाका सञ्चालक तथा सम्पादकहरूले आचारसंहिताबारे जानकार रहन आग्रह गर्दै काउन्सिलले उपत्यकाका अनलाइन सञ्चार माध्यमका सम्पादक/सञ्चालकलाई आचारसंहिताबारे जानकारी दिलाउने उद्देश्यका साथ आयोजना गरेको बताउनुभयो ।

प्रेस काउन्सिल नेपालका सदस्य रामप्रसाद दाहालले पत्रकार, श्रमजीवी पत्रकारहरूको प्राप्त गर्ने सेवा सुविधा, यसका ऐन कानुनका बारेमा जानकारी दिँदैे राजनैतिक तथा सामाजिक परिवेशकै कारण पत्रकारहरू असुरक्षित बन्दै गइरहेको परिप्रेक्ष्यमा समाचार लेख्नुपूर्व केकस्ता समाचार सामग्री लेख्न हुने/नहुनेबारे पत्रकार स्वयंले विचार पु¥याउनुपर्ने धारणा राख्नुभयो ।

प्रेस काउन्सिल नेपालका सदस्य दिपक पाण्डेले रहर र लहैलहैले मात्र असल पत्रकार बन्न नसकिने हुँदा कम्तीमा पनि बुझेर केही सिकेर मात्र पत्रकारिता क्षेत्रमा लागिएको खण्डमा यस क्षेत्रमा टिक्न र बिक्न सकिने सुझाव दिनुभयो ।

प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसालले हरेक पत्रकारले पत्रकार आचारसंहिता र निर्देशिकाबारे जानकारी राख्नुपर्ने बताउँदै पत्रकार आचारसंहिता र निर्देशिका पालना गर्नुपर्ने बताउँदै उहाँले आचारसंहिता उल्लंघनका कतिपय घटनाहरूबारे प्रस्तुति समेत गर्नुभएको थियो ।

२ साउन २०८०, मंगलवार १२:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु