NIC ASIA Bank Long Ad

प्रधानन्यायाधीश सिफारिस भएका कार्कीविरुद्ध उजुरी आह्वान

संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्कीविरूद्ध उजुरी दिन आह्वान गरेको छ ।

समितिका ज्येष्ठ सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिशमशेर राणाको अध्यक्षमा आज सिंहदरबारमा बसेको बैठकले उजुरी दिन आह्वान गर्ने निर्णय गरेको हो ।

उजुरी दर्ता वा इमेलबाट पनि पठाउन सकिने जनाइएको छ ।

कायममुकायम प्रधान न्यायाधीश कार्कीविरुद्ध उजुरीका लागि १० दिनको समय दिइएको छ ।

गत वैशाख २५ गते संवैधानिक परिषदले उहाँलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

प्रधानन्यायाधीशको पद करिब १५ महिनादेखि रिक्त छ ।

बैठकमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको पनि उपस्थिति थियो ।

बैठकले सुनुवाइ समिति कार्यविधिसमेत पारित गरेको छ ।

 

१६ जेठ २०८०, मंगलवार १५:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु