थाहानगरका कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम
मकवानपुर थाहा नगरपालिकाका कर्मचारीहरुका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम दिइएको छ । पालिकाको आयोजनामा १५ र १६ मंसिरमा बज्रवाराहीमा भएको तालिममा थाहा नगरपालिका नगरकार्यपालिकाको कार्यालय अन्तर्गतका महाशाखा तथा शाखा प्रमुखहरु र वडा सचिवहरुको सहभागिता रहेको थियो ।
पालिका र वडा कार्यालयबाट प्रवाह हुने सेवाप्रवाहलाई प्रभावकारी बनाउने र योजना कार्यान्वयनमा गुणस्तरीयता ल्याउने सीप र अभिलेख व्यवस्थापनलगायतको विषयमा केन्द्रित गरी तालिम संचालन गरिएको थियो । तालिमका सहभागीहरुलाई कम्प्युटरको आधारभूत जानकारी, प्रस्तुतीकरण निर्माण, इमेल इन्टरनेटको प्रयोगको विषयमा थाहा नगरपालिकाका प्रशासन महाशाखा प्रमुख अजित घिमिरे, सूचना प्रविधि अधिकृत भगिरथ कार्की, एमआइएस अपरेटर लक्ष्मण कण्डेलले सहजीकरण गरेका थिए ।
त्यसैगरी व्याकरण शुद्धाशुद्धीको विषयमा शिक्षा शाखाका शाखा अधिकृत माधवविक्रम मल्ल, आर्थिक प्रशासन तथा खरिद कानूनको विषयमा लेखम अधिकृत हरिब बहादुर खपाङ्गी, निर्णय निर्माण तथा स्थानीय तहमा सेवा प्रवाहको सवालहरुको विषयमा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ काफ्लेले सहजीकरण गरेका थिए । तालिमका सहभागीहरुले कार्यालय व्यवस्थापन र सरकारी कार्यालयहरुमा ‘डिजिटल प्लेटफार्म’ को विषयमा भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले सहजीकरण गरेका थिए । कार्यक्रममा सहभागीहरुले दैनिक कार्यलय संचालन र सेवा प्रवाहका लागि तालिमले सजिलो बनाएको प्रतिक्रिया दिए । तालिम ‘कन्टेण्ट’ अनुसार अवधि कम भएकोले यसलाई वृहत्त रुपमा संचालन गर्नुपर्ने सहभागीहरुको भनाइ थियो ।
युसअघि १५ मंसिरमा तालिमको थाहानगर उपप्रमुख भरत गोपालीले उद्घाटन गरेका थिए । थाहा नगरपालिका सुशासन तथा संस्थागत विकास समितिका संयोजक विष्णु बहादुर गुरुङको सभाध्यक्षतामा भएको तालिम उद्घाटन समारोहमा प्रमुख अतिथी गोपालीले कर्मचारीलरुले प्रभावकारी सेवा प्रवाह गर्नसके मात्र जनप्रतिनीधिको शिर उचो रहने बताउँदै कर्मचारीको क्षतामा अभिवृद्धि सम्बन्धी कार्यक्रम आवश्यकता अनुसार संचालन गर्न आग्रह गरे । उनले कर्मचारीको क्षमता अभिवृद्धिका लागि जनप्रतिनीधिको् र्फबाट कुनै रोकावट नहुने बताए । थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ काफ्लेले तालिमको उद्देश्य बताएका थिए । उद्घाटन कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष रोजेन्द्रभक्त श्रेष्ठलगायतकाको आतिथ्यता रहेको थियो ।
१६ मंसिर २०७९, शुक्रवार २१:१४ बजे प्रकाशित