NIC ASIA Bank Long Ad

थाहामा मल वितरण आजबाट – उपप्रमुख गोपाली

थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले थाहा नगरमा आएको मल समानुपातिक रुपमा वितरण भईरहेको बताउनु भएको छ । थाहा नगरमा छ्ट्याईएको कोटा भन्दा माग ज्यादा हुँदा वितरणमा समस्या आएको भन्दै माग बढाउन नगरले पहल गरिरहेको बताउनु भएको हो ।
थाहापाटी सँग कुरा गर्दै उप प्रमुख गोपालीले प्राप्त मल आजैबाट वितरण शुरु भएको र माग बढाउन नगर सक्रिय रुपमा लागि रहेकोले सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ ।
थाहा नगरपालिकामा आजैबाट मल विरण शुरु भएको छ । थाहा नगरपालिकालाई प्राप्त ४५ टन मल आजैबाट वितरण शुरु गरिएको हो । मल वितरणको जिम्मा पाएका केहि सहकारीहरुले आजै लगेको  र त्यसलाई भोलिबाट वितरण गरिने तयारी रहेको थाहा नगरपालिका कृषी शाखाका प्रमुख संजय तिवारीले बताउनु भयो ।
यस अघि थाहा नगरलाई प्राप्त भएको ९० टन युरिया र ६० टन डिएपी वितरण गरिसकिएको र हालको ४५ टन पनि वितरण शुरु भईसकेको प्रमुख तिवारीले बताउनु भयो ।
माग अनुसारको सबै कोटा प्राप्त नभईसकेकोले अहिले अभाव देखिएको भए पनि कोटा अनुसारको मल ल्याउन र कोटा बढाउन समेत प्रयास भईरहेको पनि प्रमुख तिवारीले बताउनु भएको छ ।
समयमै मल नपाएको भन्दै थाहा नगरका किसानहरु आक्रोशित भईरहदा शुरु भएको मल वितरणले किसानलाई राहत पुग्ने भएको छ ।
थाहा नगरको मुख्य नगदेवाली आलु लगाउने समय नजिकिदै गर्दा आवश्यक मल निकासी नभएको भन्दै किसान आक्रोशित भएका हुन् ।
आलु , बन्दा , काउली ,खुर्सानी जस्ता बेमौसमी खेती लगाउने समय आए पनि यस क्षेत्रका कृषकहरू बैज्ञानिक रूपमा परिक्षण नभएको नक्कली मल प्रयोग गर्न बाध्य भएको र सरकारबाट प्रति बोरा ९०० मूल्य निर्धारण गरिएको युरिया मललाई २८०० सम्म तिर्नु परेको स्थानीय किसानहरूले गुनासो छ ।
आलु लगाउँने समय नजिकिँदै गर्दा पनि पर्याप्त रूपमा मल खरिद गर्न नसक्दा किसानहरू फेरि गत वर्ष जस्तै मर्कामा पर्ने सम्भावना बढेको भन्दै थाहा नगरपालिका वडा नम्बर ३ का किसानहरू एकतृत भई नगरपालिका सँग छलफल गर्ने तयारी भएको थाहा ३ का किसान लक्ष्मण बर्तौलाले बताउनु भएको छ ।

१४ मंसिर २०७९, बुधवार १७:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु