NIC ASIA Bank Long Ad

सरकारी माध्यम एनटिभीलाई काउन्सिलले गरायो सचेत

प्रेस काउन्सिल नेपालले चुनावी समाचार सम्प्रेषणमा सन्तुलन कायम नराखेको भन्दै सरकारी सञ्चार माध्यम नेपाल टेलिभिजनलाई सचेत गराएको छ । हरेक दिनका समाचार र समाचामूलक कार्यक्रम एनटिभी न्यूज लाइन एक पक्षीय भएको भन्दै त्यस्तो प्रवृत्ति रोक्न पत्र काटेको हो । ३ दिन अघि नै काउन्सिलले त्यस्ता सामाग्रीको क्लीप झिकाउन पत्र काटेको थियो । त्यसैका आधारमा काउन्सिलले पत्र काटेको हो ।

उपर्युक्त सम्बन्धमा प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता नियमित अनुगमनका साथै यही ०७९ मंसिर ०४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सन्र्दभमा सञ्चार माध्यमहरूमा आचारसंहिता पालना भए/नभएको विषयमा समेत अनुगमन गरिरहेको यहाँलाई जानकारी गराउँदछौ । कुनै राजनीतिक दल एवं गठबन्धनका उम्मेदवारहरुको घरदैलो अभियानदेखि विभिन्न सभा/सम्मेलनमा बोलेको सामग्री एवं निवार्चनको गतिविधिलाई मात्रै बारम्बार प्राथमिकताका साथ स्थान दिइएको र अन्य दलका सामग्रीलाई अत्यन्तै न्यून स्थान दिइ सम्प्रेषण भएको प्रारम्भिक अनुगमनबाट देखिन आएको छ । जसबाट पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ४(६) र निर्वाचन आचारसंहिता, २०७९ को दफा २५ (ख) र २५(च) आकर्षित भएको भन्दै रोक्नका लागि पत्र पठाएको काउन्सिलका एक सदस्यले जानकारी दिए ।

निर्वाचनको सन्दर्भमा कुनै राजनीतिक दल वा दलका उम्मदवारलाई मात्र प्राथमिकतामा राखी निर्वाचनमा भाग लिने अन्य कुनै दललाई न्युन स्थान प्रदान गर्नुले सन्तुलन गुम्न जाने हुँदा पत्रकारिताको निष्पक्षता, विश्सनियता र पेसागत मर्यादा कायम राख्दै सामग्रीको सन्तुलनमा सावधानी अपनाउनतर्फ समेत निर्णयानुसार सचेत गराइन्छ, पत्रमा भनिएको छ ।

१ मंसिर २०७९, बिहीवार १८:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु