NIC ASIA Bank Long Ad

प्रेस काउन्सिलसमेत विरुद्धका रिट निवेदन खारेज

प्रेस काउन्सिल नेपालको अध्यक्ष साथै कार्यवाहक अध्यक्ष नियुक्तिका विषयलाई लिएर नेपाल सरकारसहित प्रेस काउन्सिल नेपाललाई समेत विपक्षी बनाइ  सर्वोच्च अदालतमा दायर चारवटा विभिन्न रिट निवेदन खारेज गर्ने फैसला भएको छ ।

का.मु.प्रधानन्यायधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेको संवैधानिक इजलासमा आज पेसी तोकी सुनुवाइ भइ रिट खारेजी हुने गरी फैसला भएको छ ।

काउन्सिलका अध्यक्षमा नियुक्त भवानीप्रसाद बराल, का।वा। अध्यक्षमा नियुक्त नबलकिशोर यादवका नियुक्ति सम्बन्धमा अधिवक्ता राम कपाली र बैकुण्ठप्रसाद भण्डारीलगायतले रिट निवेदन दायर गरेका थिए । उक्त नियुक्तिमा पदावधि सकिसकेकोले औचित्यहीन भइसकेका थिए ।

संवैधानिक इजलासमा सुनुवाइ भएको उक्त मुद्दाहरू काउन्सिलको तर्फबाट अधिवक्ताहरू अनन्तराज लुइँटेल, झबिन्द्र भुसाल र मानबहादुर लामिछानेले बहस गर्नुभएको थियो ।

३० कात्तिक २०७९, बुधवार १८:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु