NIC ASIA Bank Long Ad

थाहा ८ मा गठबन्धनको चुनाबी सभा

मकवानपुरको थाहा नगरपालिका वडा नं. ८ मा बाम लोकतान्त्रिक गठबन्धनको चुनावी सभा सम्पन्न भएको छ । मंगलबार भएको सभामा नेकपा (एकीकृत समाजवादी)का स्थायी समिति सदस्य तथा मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार बिरोध खतिवडा र नेकपा (माओबादी केन्द्र)की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चार्ज तथा प्रदेश सभा मकवानपुर २ (क) उम्मेद्वार कुमारी मोक्तानले संबोधन गर्नु भएको छ ।

संवोधनकै क्रममा कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका बिरोध खतिवडाले यस क्षेत्रको बिकासका लागि गठबन्धन सरकार बनेपछि धेरै बजेट ल्याउन सकिएको बताउनुभयो । उहाँले संबिधानको र लोकतन्त्रको रक्षाको लागि गठबन्धनका उम्मेद्वारलाई मतदान गर्न आग्रह गर्नुभयो । खतिवडाले समानुपातिक, समाबेशीता, धर्म निरपेक्षता, संघीयता र गणतन्त्रलाई संस्थागत गरेको संबिधानको रक्षा गर्न गठबन्धनको आवश्यक्ता भएको बताउनुभयो । त्यस्तै कार्यक्रमको बिशिष्ट अतिथि समेत रहनु भएकी कुमारी मोक्तानले प्रदेश सरकारको तर्फबाट यस क्षेत्रमा धेरै बिकासका योजनाहरु ल्याएको बताउनु भयो । मोक्तानले आफ्नो प्राथमिकतामा यस क्षेत्रको सडक, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको बिकास गर्नु रहेको बताउनुभयो । सो बिकासको लागि आफु प्रतिबद्ध भएको समेत उहाँले बताउनुभयो ।

मोक्तानले स्थायी र प्रभावकारी बिकास गर्नको लागि आफु लगायत गठबन्धनका उम्मेद्वारलाई मतदान गरी बिजयी गराउन अनुरोध गर्नुभयो । बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन कमिटि थाहा ८ का संयोजक राम कुमार घलानको अध्यक्षतामा भएको सभाको माओवादी केन्द्र थाहा नगर कमिटि उपाध्यक्ष सुमन कार्कीले सञ्चालन गर्नुभएको थियो ।

नेकपा (एकीकृत समाजवादी)का थाहा नगर सचिव हरिबहादुर स्याङ्तानले स्वागत गर्नुभएको सभामा नेपाली कांग्रेस महासमिति सदस्य जयराम लामिछाने, माईकल रामचन्द्र अर्याल, क्षेत्रिय सभापति खड्ग गोपाली, थाहा नगर सभापति प्रमोद कृष्ण जोशी, नेकपा माओबादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य बिष्णु बिष्ट, प्रदेश कमिटि सदस्य तथा मकवानपुर निर्वाचन क्षेत्र नं. २ का निर्वाचन परिचालन संयोजक लवशेर बिष्ट, प्रदेश कमिटि सदस्य ईन्द्र बहादुर श्रेष्ठ, जिल्ला समन्वय समिति सदस्य अरुण रायमाझी, थाहा नगर कमिटि सचिव लक्ष्मण बिष्ट, नेकपा (एकीकृत समाजवादी)का बागमति प्रदेश सदस्य गौतम बुद्ध लामा, थाहा नगर अध्यक्ष सानोकाजी गोपाली, राष्ट्रिय जनमोर्चाका समानुपातिक सांसद उम्मेद्वार शुभराज गोले लगायतको आतिथ्यता रहेको थियो ।

२९ कात्तिक २०७९, मंगलवार १७:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु