NIC ASIA Bank Long Ad

बिकासको लागि गठबन्धनलाई जिताउनुस -मोक्तान

थाहा नगर, २६ कात्तिकरनेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य एवं मकवानपुर क्षेत्र नम्बर २ ‘क’ की प्रदेश सभा सदस्य उम्मेद्वार कुमारी मोक्तानले जनतामा सत्ताको अनुभुति दिलाई प्रदेश सरकार छ भन्ने आभास दिलाउनको लागि गठबन्धनलाई जिताउन अनुरोध गर्नुभएको छ ।

शनिबार थाहा ३ र ४ मा भएको घरदैलो कार्यक्रममा प्रदेश सरकारले गाउँगाउँसम्म बजेट लगेर विकास गरेकाले जनताले गठबन्धनका उम्मेद्वारलाई जिताउने बताउनुभएको छ । घरदैलो कार्यक्रममा मतदाताको चाहना र गुनासो सुन्दै मोक्तानले जन चाहना अनुसार कार्य गर्ने बताउनुभयो । घरदैलो कार्यक्रममा गठबन्धनका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

२६ कात्तिक २०७९, शनिवार १२:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु