https://election.gov.np/
NIC ASIA Bank Long Ad
Global IME Bank Long Ad

आयोगको निर्णयप्रति पत्रकारसम्वद्ध संघसंस्थाको विरोध

निवार्चन आयोगले समग्र मिडियाप्रति हस्तक्षपकारी भूमिका खेलेको भन्दै पत्रकारसम्वद्ध संघ/संस्थाहरूले आयोगको निर्णय तत्काल सच्चाउन माग गरेका छन् । सञ्चारग्राममा आयोजित ‘आसन्न निर्वाचन र आचारसंहिता’ छलफल विषयक कार्यक्रममा पत्रकारसम्वद्ध संघ, सङ्गठनले काउन्सिलको निर्देशन मात्र मान्य रहने भन्दै आफूहरुले आयोगको निर्णयप्रति विज्ञप्ति जारी गरेर विरोध जनाएको बताएका छन् ।

नेपाल पत्रकारका महासचिव गोविन्दप्रसाद चौलागाईँले आयोगको निर्णयप्रति महासङ्घले विज्ञप्ति जारी गरेको सन्दर्भमा काउन्सिलले आयोगमा प्रेस प्रतिनिधि पठाएकोमा आपत्ति जनाउनुभयो । उहाँले तत्काल प्रतिनिधि र्फिता गर्न माग गर्दै महासङ्घबाट कुनैपनि प्रतिनिधि नपठाएको स्पष्ठ पार्नुभयो ।

प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष राजेन्द्र दाहालले पत्रकार आचारसंहिताको काम काउन्सिलले नै गर्दै आएको भन्दै आयोगले गरेको कामले काउन्सिललाई केही असर नपर्ने बताउनुभयो । प्रेस अफिसमा जंगी कर्मचारी राखेकोमा भने आफ्नो आपत्ति रहेको स्पष्ठ पार्नुभयो ।

प्रेस चौतारि नेपालका अध्यक्ष गणेश बस्नेतले सञ्चार जगतको अनुगमन गर्ने काम काउन्सिलकै भएको र काउन्सिलले दिएको निर्देशन मात्र मान्न आफ्नो सङ्गठनमा सर्कुलर जारी गरेको भन्दै तत्काल आयोगलाई निणय सच्चाउन चेतावनी दिनुभयो ।

श्रमजिवि पत्रकार सङ्गठनका अध्यक्ष जन्मदेव जैशिले स्वायत्त निकायलाई कमजोर बनाउने काम कुनै पनि आयोगबाट हुन नहुने बताउनुभयो ।

पत्रकार महासङ्घ भक्तपुर शाखाका सचिव सञ्जिव घिमिरेले निवार्चन आयोगले बोलाएको कार्यक्रममा कालोपट्टि बाधेर मात्र जाने आफूहरूको निर्णय भएको बताउनुभयो ।

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका दुर्गा दुलालले दोहोरो अनुगमन गरेर काउन्सिललाई हस्तक्षाप गर्नुभन्दा आयोग आफ्नो काममा मात्रै लाग्नुपर्ने बताउनुभयो ।

मिडिया नेपालका अध्यक्ष गोपाल पौडेलले धेरै पत्रकार आफूहरूमानै विभाजित भएको भन्दै एकजुट हुनुपर्ने बताउनुभयो ।

डब्लुडब्लुजेका अध्यक्ष निर्मला आचार्यले महासङ्घको र काउन्सिलको निर्णयनै मान्य हुने भन्दै हट लाइनको व्यवस्था गरी निवार्चनको समयमा अनुगमन गर्न सुझाव दिनुभयो ।

समाजवादी प्रेस संगठनका महासचिव भुपराज खड्काले आयोगको निर्णयप्रति विज्ञप्ति जारी भसकेको भन्दै पार्टीको शिकार भएको पो हो कि? भन्ने शंका व्यक्त गर्नुभयो ।

प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलले आयोगको निर्णय प्रति काउन्सिलको स्पष्ठ धारणा नआएकाले तत्काल धारणा सार्वजननिक गर्न माग गर्नुभयो ।
अकोराबका अध्यक्ष अर्जुन गिरीले आयोगले सहजिकरण गर्नुपर्नेमा हस्तक्षप गर्नु दु्खद भएको बताउनुभयो ।
वानका अध्यक्ष कुमार भट्टराइले सरकारकै निकायले गर्दै आएको काममा विथोल्नु गम्भिर त्रुटि आयोगबाट भएको बताउनुभयो ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले आयोगले काउन्सिलले गरेको काममा हस्तक्षप हुनेगरी चालेको कदमप्रति समग्र पत्रकारिता जगतको सल्लाह सुझावको लागि कार्यक्रम राखिएको भन्दै अनुगमन र नियमन जस्तो विषयमा आयोग गभ्मिर नभएको बताउनुभयो । पत्रकारिता जगतको अभिभावकिय संस्था काउन्सिल आफ्नो दाइत्वप्रति संवेदनशील भैरहेको अवस्थामा आयोगले प्रेस डेक्सको स्थापना गरेर संविधानले प्रदान गरेको स्वतन्त्रतामा अंकुश लागाउने काम भएको बताउनुभयो ।

कार्यक्रमको सहजिकरण गर्नुहुँदै सदस्य दीपक पाण्डेले आयोगको निर्णय प्रति प्रेस जगत असन्तुष्ठ भएकले पत्रकारिता जगतको साझा धारणा बनाउनको लागि कार्यक्रम राखिएको बताउनुभयो ।

काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले निर्वाचनको सन्दर्भमा विशेष अनुगमन गर्दै आएको भन्दै गएको स्थानिय तहको चुननावमा काउन्सिलले गरेको अनुगमन प्रतिवेदनका विषयहरूबारे प्रकाश पार्नुभयो ।

 

 

२८ असोज २०७९, शुक्रवार १३:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु